शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
एमाले मधेस प्रदेश अधिवेशन

एमाले मधेस प्रदेशमा नयाँ नेतृत्व : चन्देश्वरको अध्यक्षतामा पदाधिकारी सर्वसम्मत

शुक्रबार, २६ असोज २०८०, १३ : ५४
शुक्रबार, २६ असोज २०८०

काठमाडौँ । जनकपुरमा जारी नेकपा एमाले मधेस प्रदेशको अध्यक्षसहित पाँच पदाधिकारीमा सहमति जुटेको छ । एमाले अध्यक्ष मण्डलका एक नेताका अनुसार केन्द्र र प्रदेशका नेताहरुका बीचमा चन्देश्वर मण्डलको अध्यक्षतामा पाँच पदाधिकारी सर्वसम्मत छनोट गर्न सहमति जुटेको हो । 

उनका अनुसार एमाले मधेस प्रदेश कमिटीको उपाध्यक्षमा विचारी यादव, सचिवमा मनोज पौडेल तथा उपसचिवमा आरती भण्डारी र मोहम्मद कयस सर्वसम्मत भएका हुन् । 

यद्यपि निर्वाचन प्रक्रिया पुरा गर्नुपर्ने भएकाले निर्वाचन कमिटीले औपचारिक घोषणा भने गरिसकेको छैन । 

बुधवारबाट सुरु भएको अधिवेशन शुक्रवार मध्यान्ह सहमति जुटेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप