गैरआवासीय नेपाली संघको सहकोषाध्यक्ष पदमा कृष्ण तिमल्सेनाको उम्मेदवारी
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहकोषाध्यक्ष पदमा बेलायतलाई कर्मथलो बनाउँदै आएका कृष्ण तिमल्सेनाले पुनः उम्मेदवारी घोषणा गरेका छन् । संघको आर्थिक पारदर्शिताको एजेन्डासहित वर्तमान सहकोषाध्यक्ष उनले दोस्रो कार्यकालका लागि फेरि सोही पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
सबल र सफल एनआरएनएका लागि बलियो कोष निर्माणका साथसाथै संघको हिसाब किताब मितव्ययी र पारदर्शी बनाउनका लागि आफूले भूमिका खेल्ने तिम्सेनाको भनाइ छ ।
धादिङमा जन्मिएका तिमल्सेनाले गैरआवासीय नेपाली संघसँग सम्बन्धित अग्रज, समकालीन र ४२२७ महाधिवेशन प्रतिनिधिलाई आफूलाई सहकोषाध्यक्ष पदमा विजयी गराउन आग्रह गरेका छन् ।
सन् २००७ देखि एनआरएनए अभियानमा सक्रिय उनले यसअघि युकेको कार्यसमिति सदस्य, युकेकै उपाध्यक्ष, आइसिसी सदस्य र युरोप उपसंयोजक पदको जिम्मेवारी कुशलतापूर्वक पुरा गरिसकेका छन् ।
उनले आफूलाई विजयी गराएमा सबैको अमूल्य मतको कदर गर्दै इमानदारितापूर्वक आफ्नो जिम्मेवारी पुरा गर्ने बाचा पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा निर्वाचनपछि ५ पार्टीका अध्यक्ष एउटै मञ्चमा
-
दुई सुरक्षा निकायका एआईजीले सुरक्षा व्यवस्थापनको मनिटर गर्ने
-
दीपक बोहराले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
-
रास्वपाको ऐतिहासिक महाधिवेशनः आज के–के हुँदै छ ? [LIVE UPDATES]
-
बेलायती प्रधानमन्त्रीले राजीनामा दिने चर्चा
-
बाँदरकै बारेमा विद्यावारिधि गरेका विज्ञलाई प्रश्न– नेपालमा बाँदर नियन्त्रणका लागि के गर्न सकिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण