‘किसानलाई पेन्सन र गरिबलाई आवासको व्यवस्थाका लागि आजपा’
काभ्रे । आम जनता पार्टी (आजपा) ले किसानलाई पेन्सन र गरिबलाई आवासका लागि पहल गर्ने जनाएको छ । अध्यक्ष प्रभु साहले त्यसका लागि निरन्तर पहल र जागरण अभियान सञ्चालन गरिने बताए ।
पार्टीको बनेपा नगरपालिकाको नगर भेला कार्यक्रममा बोल्दै साहले यस्तो बताएका हुन् । उनले भन्सार कमिसनको बारेमा पार्टी आन्दोलित भएको भन्दै चाडबाडपछि थप सशक्त आन्दोलन गरिने बताए । उनले पार्टीले निरन्तर जनजिविकाको सवाललाई उठाइरहे पनि बताए ।

यसैबीच नगरभेला भव्यताका साथ सम्पन्न भएको सो पार्टीले जनाएको छ । किसानलाई पेन्सन तथा गरिबलाई आवासको व्यवस्थाको गर्न सशक्त आन्दोलन गर्ने प्रतिबद्धताका सम्पन्न भएको कार्यक्रमको अध्यक्षता माधवनारायण श्रेष्टले गरेका थिए भने विशेष अतिथिहरुमा पार्टी उपाध्यक्ष एवं सभासद तिलक थापा, उपमहासचिव अरुण घिसिङ, धर्मेन्द्र सापकोटा, ज्ञानेन्द्र कुमार लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

काभ्रेको बनेपा स्थित उग्रचन्डी पार्टी प्यालेसमा आयोजित उक्त भेलामा सयौ जुझारू कार्यकर्ता सहित चर्चित कालाकारहरुको सहभागिता रहेको साहले बताए । यसैबीच साह र क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्यबीच भेटवार्ता भएको छ । भेटका क्रममा समसामयिक राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण