आजदेखि दसैँलाई खसीबोका उपत्यका भित्रिँदै, कतिपर्छ मूल्य ?
आइतबार, २८ असोज २०८०, ०७ : ३६

काठमाडौं । दसैँलाई लक्षित गरेर आइतबारदेखि व्यवसायीले उपत्यकामा खसीबोका ल्याउने भएका छन् । सरकारी कम्पनी र निजी व्यवसायीले गाउँ गाउँमा गएर खसीबोका खरिद गरेर उपत्यकामा ल्याएर बिक्री गर्र्छन् ।
चौपाया खरिदबिक्री सेवा सङ्घका अध्यक्ष दीपक थापाका अनुसार दसैँलाई लक्षित गरेर घटस्थापनाको दिनदेखि खसीबोका आउन लागेका हुन् । सामान्य अवस्थामा करिब दुुई हजार खसीबोका भित्रिने गरेकामा आइतबारदेखि भने क्रमिक रूपमा बढ्दै जाने उनको भनाइ छ ।
उपत्यकामा फूूलपातीको दिनदेखि नवमीसम्म तीन दिन मात्र २० देखि २५ हजार खसीबोका बिक्री हुने उनको भनाइ छ । दसैँमा उपत्यकामा यो वर्ष ४५ देखि ५० हजार रुपियाँ मूल्य पर्ने खसीबोका र च्याङ्ग्रा गरेर खपत हुने व्यवसायीको अनुमान छ । हाल बजारमा प्रतिकेजी जिउँदो खसी प्रतिकेजी ६६० देखि ६८० रुपियाँ सम्म पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भरतपुर महानगरले धुर्मुस–सुन्तलीको ऋण नबोक्ने, सोझै फाउन्डेसनमा अनुदान पठाउन पत्र
-
बानेश्वरमा जिपको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु
-
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
-
रुस–युक्रेन वार्ताबाट खासै आश छैन : अमेरिकी विदेशमन्त्री
-
अर्थ मन्त्रालयले स्वीकृत ऋण नदिँदा रुकुमका स्थानीय तह अप्ठ्यारोमा परे : शर्मा
-
किन तितो हुन्छ औषधि ?