बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

गरिमा विकास बैंकको डेबिट र क्रेडिट कार्डमा २० प्रतिशत क्यास ब्याक

आइतबार, २८ असोज २०८०, १६ : १९
आइतबार, २८ असोज २०८०

काठमाडौँ । दसैँलाई लक्षित गरी गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि कुनै पनि सामान खरिद गरी विकास बैंकको डेबिट र क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रु २०० नगद फिर्ता योजना सार्वजनिक गरेको छ । 

यस योजना अन्तर्गत बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले विकास बैंकको एउटा कार्डबाट अधिकतम रु २०० सम्म नगद फिर्ता पाउन सक्नेछन् । नगद रहित कारोबारलाई प्रोत्साहन एवं प्रवर्द्धन हेतु सार्वजनिक गरिएको यस योजनाको अवधि २८ असोज २०८० देखि ७ कार्तिक २०८० सम्म रहेको छ ।

साथै, गरिमा विकास बैंकले आफ्ना ग्राहकहरूको दसैँ किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सुरुवात पनि गरिसकेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप