पर्फर्मेन्समा कमजोर बन्दै सिद्धार्थ बैंक : बोनस छैन, लगानीकर्तालाई नगद लाभांश ४ प्रतिशत मात्रै !
काठमाडौं । एकपछि अर्को गर्दै सिद्धार्थ बैंक पर्फर्मेन्समा कमजोर बन्दै गएको छ । कमजोर वित्तीय स्थितिका बाबजुद बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लगानीकर्ताहरुलाई जम्मा ४.२१ प्रतिशत मात्र लाभांश वितरण गर्ने भएको हो । सो पनि बोनसमा नभएर नगदमा मात्र बाढ्ने भएको हो ।
अघिल्लो वर्ष कूल १३.१६ प्रतिशत लाभांश बाढेको बैंकले बोनस लाभांश मात्र १२.५ प्रतिशत बाढेको थियो । तर यो वर्ष बोनस लाभांश काटेको बैंकले नगदमा समेत ४.२१ प्रतिशतमा खुम्चिनुले आम लगानीकर्ताहरु बैंकप्रति निराशा बन्न पुगेका छन् । जबकि गत वर्ष बैंकले ३ अर्ब १९ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको नाफा ९.९१ प्रतिशले बढेपनि यता नन् पर्फमिङ्ग लोन (एनपीएल) बढ्दा बैंक समस्यामा फसेको हो । अघिल्लो वर्ष जम्मा ०.९४ प्रतिशत रहेको बैंकको एनपीएल दर पछिल्लो वर्ष ह्वात्तै बढेर २.०१ प्रतिशत पुगेको छ ।
समीक्षा वर्षमा बैंकले २ खर्ब २३ अर्ब ६५ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गर्दै जम्मा १ खर्ब ८४ अर्ब ४ करोड ५६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । सो मध्ये पनि ३ अर्ब ७० करोड रुपैयाँ माथिको खराब कर्जा (उठ्न नसकेको लगानी) ले गर्दा बैंकलाई समस्यामा पारेको हो ।
हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड रुपैयाँ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण