शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

पर्फर्मेन्समा कमजोर बन्दै सिद्धार्थ बैंक : बोनस छैन, लगानीकर्तालाई नगद लाभांश ४ प्रतिशत मात्रै !

आइतबार, २८ असोज २०८०, १७ : ३१
आइतबार, २८ असोज २०८०

काठमाडौं । एकपछि अर्को गर्दै सिद्धार्थ बैंक पर्फर्मेन्समा कमजोर बन्दै गएको छ । कमजोर वित्तीय स्थितिका बाबजुद बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लगानीकर्ताहरुलाई जम्मा ४.२१ प्रतिशत मात्र लाभांश वितरण गर्ने भएको हो । सो पनि बोनसमा नभएर नगदमा मात्र बाढ्ने भएको हो । 

अघिल्लो वर्ष कूल १३.१६ प्रतिशत लाभांश बाढेको बैंकले बोनस लाभांश मात्र १२.५ प्रतिशत बाढेको थियो । तर यो वर्ष बोनस लाभांश काटेको बैंकले नगदमा समेत ४.२१ प्रतिशतमा खुम्चिनुले आम लगानीकर्ताहरु बैंकप्रति निराशा बन्न पुगेका छन् । जबकि गत वर्ष बैंकले ३ अर्ब १९ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको नाफा ९.९१ प्रतिशले बढेपनि यता नन् पर्फमिङ्ग लोन (एनपीएल) बढ्दा बैंक समस्यामा फसेको हो । अघिल्लो वर्ष जम्मा ०.९४ प्रतिशत रहेको बैंकको एनपीएल दर पछिल्लो वर्ष ह्वात्तै बढेर २.०१ प्रतिशत पुगेको छ । 

समीक्षा वर्षमा बैंकले २ खर्ब २३ अर्ब ६५ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गर्दै जम्मा १ खर्ब ८४ अर्ब ४ करोड ५६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । सो मध्ये पनि ३ अर्ब ७० करोड रुपैयाँ माथिको खराब कर्जा (उठ्न नसकेको लगानी) ले गर्दा बैंकलाई समस्यामा पारेको हो ।   

हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड रुपैयाँ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप