करिब ५ लाख मानिसले उत्तरी गाजा छाडे : आईडीएफ
सोमबार, २९ असोज २०८०, १० : १४
गाजा । इजरायली सेना (आईडीएफ) ले उत्तरी गाजाबाट करिब ५ लाख मानिस छाडेको जनाएको छ । आईडीएफका प्रवक्ता लेफ्टिनेन्ट कर्नल जोनाथन कोनरिकसले उत्तरी गाजाबाट करिब पाँच लाख मानिसले छाडेको र हमासले उत्तरी क्षेत्र छोड्न चाहनेहरूका लागि कठिनाइ सिर्जना गरिरहेको दाबी गरेका हुन्।
आईडीएफले नागरिकहरूका लागि दुईवटा सुरक्षित निकासी मार्गहरू सिर्जना गरेको र सैन्य अपरेशन अगाडि बढ्दै जाँदा गाजा शहरमा नागरिकहरू बस्न असुरक्षित हुने उनको भनाई छ। यद्यपि इजरायली सेनाले सुरक्षित उद्धारको घोषणा गरेको बाटोमा शुक्रबार भएको बम विस्फोटमा ७० जनाको मृत्यु भएको थियो ।
जब कोनरिकसलाई सो विस्फोटको बारेमा सोधियो, उनले आईडीएफले सक्रिय रूपमा नागरिकहरूलाई लक्षित नगर्ने दोहोर्याए । तर, प्रेस ब्रिफिङका क्रममा उनले कारबाहीमा सर्वसाधारणको हताहत पूर्ण रूपमा रोक्न नसकिने संकेत पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहिद गङ्गालाल हृदयरोग केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण