शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

रोनाल्डोको गोल वर्षा जारी

मङ्गलबार, ३० असोज २०८०, ०९ : ४३
मङ्गलबार, ३० असोज २०८०

बोस्निया । क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले युरो २०२४ को छनोट खेलमा पोर्चुगलले बोस्निया हर्जगोभिनालाई एकतर्फी खेलमा ५–० गोलले हराएको छ ।
३८ वर्षीय खेलाडीले पाँचौँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । २० औँ मिनेटमा उनले दोस्रो गोल थपे । अन्तर्राष्ट्रिय फुटबलमा उनको यो कीर्तिमानी १ सय २७ औँ गोल थियो ।

पहिलो हाफमा गोल वर्षा गरेको पोर्चुगलका लागि ब्रुनो फर्नान्डेजले २५ औँ मिनेटमा तेस्रो गोल थपे । ३२ औँ मिनेटमा जोआओ क्यानसेलोले चौथो गोल गरे । ४१ औँ मिनेटमा जोआओ फेलिक्सले पाँचौँ गोल गर्दै टोलीलाई शानदार जीत दिलाए ।

शुक्रबार युरोपियन च्याम्पियनसिपमा आफ्नो स्थान सुरक्षित गरेको पोर्चुगलले छनोटमा शत प्रतिशत नतिजा कायम राख्दै समूह जे शीर्ष स्थानमा कायम रहेको छ ।

आठ खेलमा टोलीले ३२ गोल गरेको छ भने मात्र दुई गोल खाएको छ । यसमा रोनाल्डोले ७ खेलमा ९ गोल गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप