रोनाल्डोको गोल वर्षा जारी
बोस्निया । क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले युरो २०२४ को छनोट खेलमा पोर्चुगलले बोस्निया हर्जगोभिनालाई एकतर्फी खेलमा ५–० गोलले हराएको छ ।
३८ वर्षीय खेलाडीले पाँचौँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । २० औँ मिनेटमा उनले दोस्रो गोल थपे । अन्तर्राष्ट्रिय फुटबलमा उनको यो कीर्तिमानी १ सय २७ औँ गोल थियो ।
पहिलो हाफमा गोल वर्षा गरेको पोर्चुगलका लागि ब्रुनो फर्नान्डेजले २५ औँ मिनेटमा तेस्रो गोल थपे । ३२ औँ मिनेटमा जोआओ क्यानसेलोले चौथो गोल गरे । ४१ औँ मिनेटमा जोआओ फेलिक्सले पाँचौँ गोल गर्दै टोलीलाई शानदार जीत दिलाए ।
शुक्रबार युरोपियन च्याम्पियनसिपमा आफ्नो स्थान सुरक्षित गरेको पोर्चुगलले छनोटमा शत प्रतिशत नतिजा कायम राख्दै समूह जे शीर्ष स्थानमा कायम रहेको छ ।
आठ खेलमा टोलीले ३२ गोल गरेको छ भने मात्र दुई गोल खाएको छ । यसमा रोनाल्डोले ७ खेलमा ९ गोल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण