कांग्रेस सांसद बजगाईँले गरे गोरखाको साम्दोबाट तीन जनाको उद्धार
मङ्गलबार, ३० असोज २०८०, १७ : ४१
काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले गोरखाको साम्दोबाट तीन जनाको उद्धार गरेका छन् ।
गोरखा १ का सांसद बजगाईँले मंगलबार एक जना बिरामी र दुई जना सहयोगीलाई उद्धार गरी हेलिकप्टरबाट काठमाडौँ ल्याइएका हुन् ।
बसन्त घिमिरे, कपिल घिमिरे र सुवोध अर्याललाई उद्धार गरिएको सांसद बजगाईँले जानकारी दिए ।
उनका अनुसार उनीहरूलाई एअर डाइनेष्टिको हेलिकप्टरबाट उद्धार गरिएको हो ।
चुमनुब्री गाउँपालिका सामागाउँस्थित साम्दो निषेधित क्षेत्रमा पर्छ। जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयसँग समन्वय गरी उनीहरूको उद्धार गरिएको बजगाईँको भनाइ छ । उनले यसअघि पनि त्यस क्षेत्रका बिरामीको उद्धार गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण