बीआरआईलाई प्रभावकारीरुपमा अघि बढाउने सीको उद्घोष
एजेन्सी । चिनियाँ राष्ट्रपति सि जिनपिङले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) लाई प्रभावकारी ढंगले अघि बढाउने घोषणा गरेका छन् । बेइजिङमा जारी बीआरआईको तेस्रो फोरममा सम्बोधन गर्दै प्रभावकारी र गुणस्तरीय बेल्ट एण्ड रोडलाई अघि बढाउन सहयोगी भूमिका खेल्ने घोषणा गरेका हुन् ।
‘चीनले बहुआयामिक बेल्ट एण्ड रोड कनेक्टिभिटी नेटवर्कमा ध्यान दिन्छ,’ सीले भने, ‘हामी तीव्र गतिको विकाससहित चीन–युरोप रेलवे एक्सप्रेस निर्माणको योजनामा छौं ।’ यस्तै, ट्रान्स क्यास्पियन अन्तर्राष्ट्रिय ट्रान्सपोर्टेसन करिडोरको समेत योजना चीनले घोषणा गरिसकेको छ ।
यस्तै, अन्य देशसँगको सहकार्यमा नयाँ लजिस्टिक करिडोर निर्माणमा चीन अघि बढेको छ । यसका लागि एसिया र युरोप जोड्ने योजना चीनको छ । ‘हामी बन्दरगाह, परम्परागत सिल्क रोडमा सिपिङ र व्यापारिक सेवा बनाउँछौं,’ सीले थपे, ‘यसका लागि जमिन–समुन्द्री करिडोरसँगै हवाई करिडोर समेत बन्छ ।’
यस्तै, चीनले खुला विश्व अर्थतन्त्रलाई समर्थन गर्ने घोषणा समेत सीले गरे । चीनले बेल्ट एण्ड रोडमार्फत सन् २०२४ देखि २८ सम्ममा ३२ ट्रिलियन अमेरिकी डलरको वस्तु व्यापार र ५ ट्रिलियन डलरको सेवा व्यापार गर्ने योजना बनाएको छ ।
यसबाहेक, चीनले पाइलट जोन फर सिल्क रोड ई–कमर्स कर्पोरेशन र स्वतन्त्र व्यापार सम्झौता एण्ड लगानी प्रोटेक्सन सम्झौतामा ध्यान बढाउँदै छ । ‘भविष्यमा उत्पादन क्षेत्रमा आउने विदेशी लगानीमा सबै खालका प्रतिबन्ध हटाउने र्छौं,’ सीले सम्मेलनमा भने ।
बीआरआईजस्तो महत्वपूर्ण योजना अघि बढाएको चीनले आफ्ना शक्ति उच्च क्षमताको क्रस–बोर्डर सेवा व्यापार र लगानी, बजार विस्तार र डिजिटल अर्थतन्त्र विकासमा जोड दिइरहेको छ । यसबाहेक, इन्टेलेक्चुअल प्रपर्टी र सरकारी खरिद बढ्ने सीको घोषणा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण