बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

मधुमेहलाई उल्ट्याउन सकिएला ?

बुधबार, ०१ कात्तिक २०८०, १८ : ०९
बुधबार, ०१ कात्तिक २०८०

काठमाडौँ । मधुमेहलाई उल्ट्याउन सकिएला ? हामीमध्ये धेरैलाई यो प्रश्नले दिक्क बनाएको होला । यसको छोटो उत्तर हो, ‘केही हदसम्म सम्भव छ’ । दोस्रो खालको मधुमेहलाई उल्ट्याउन सकिन्छ भनेर डाक्टरहरुले पनि भनेका छन् ।

तर यसका लागि रगतमा चिनीको मात्रा कम्तीमा पनि तीन महिना सामान्य स्तरमा रहनु पर्छ, त्यो पनि ग्लुकोज कम गर्ने औषधिको प्रयोग नगरी । टाइप टू मधुमेह क्रोनिक रोग हो । यो उल्टियो वा पूरै निको भयो भनेर भनिदैंन, रिमिसनमा छ भनिन्छ । मधुमेह रिमिसनमा रह्यो भने पनि नियमित रुपमा रगत जाँच चाँहि गराइरहनु पर्छ । दोस्रो खालको मधुमेह नियन्त्रण गर्न शुरुआती चरणमै यसको पहिचान र हस्तक्षेप जरुरी छ । शुरुआती चरणमै हुँदा ब्लड सुगरको स्तर न्यून हुन्छ ।

मधुमेहलाई रिमिसनमा राख्न सघाउन जीवनशैलीमा गर्नुपर्ने केही परिवर्तन:

नियमित व्यायामः हरेक दिन ३० मिनेट अनि हप्तामा पाँच दिन व्यायाम गर्नुहोस् । हलुका खालको काडिर्यो र स्ट्र्न्थ ट्रेनिङ पनि गर्नुहोस् । कठिन परिश्रमबाट तौल घटाइसक्नु भएको छ भने पनि हरेक दिन व्यायाम गर्न आवश्यक हुन्छ । व्यायाम गर्न जिम नै जानु पर्छ भन्ने छैन । तौल घटाउन सहयोगी सामान्य व्यायाम गर्न सकिन्छ ।

तौल घटाउनेः औषधिको प्रयोग, खानपानमा हेरफेर आदि उपायले तौल घटाउन सकिनेछ । चिकित्सकको सल्लाहअनुसार तौल  घटाउने सर्जरी नै गर्न पनि सकिन्छ ।

स्वस्थ्यबद्र्धक खानपानः सबै खालको मधुमेहको बिरामीलाई सुहाउने एउटै खानपान हुन्न । प्रशोधित खानेकुरा र चिनी अनि कार्बोहाइड्रेट्स उच्च मात्रामा पाइने खानेकुरा घटाउनबाट यसको शुरुवात गर्नुहोस् । जंक फूड, फाष्ट फूड रेड मिट छाड्नुहोस् । प्राकृतिक तरिकाले बनाइएको भोजन खानुहोस् । भोजनमा प्लान्ट बेस्ड खानेकुरा बढी समावेश गर्नुहोस् । तपाईँले डाइबेटिज प्लेट मेथड पनि अपनाउन सक्नु हुन्छ । वा आफूलाई सुहाउँदो डायटरी प्लानका लागि विशेषज्ञको सल्लाह लिन सक्नु हुनेछ ।

पर्याप्त निद्राः मधुमेहलाई नियन्त्रण गर्न हरेक रात पर्याप्त अनि आनन्दको निद्रा चाहिन्छ । निद्रामा कमी भयो वा खलल भयो भने ब्लड सुगर बढ्न सक्छ । त्यसैले हरेक रात कम्तीमा पनि ७ देखि ८ घण्टा निदाउने कोसिस गर्नुहोस् । राम्रोसँग निद्रा लागेन भने योगा वा ध्यान गर्न सकिन्छ ।

धूम्रपान छाड्नेः धूम्रपान गर्नु हुन्छ भने छाड्नुहोस् । धूम्रपानको लत छुटाउन गाह्रो भइरहेको छ भने डाक्टरको सल्लाह लिन पनि सकिन्छ ।

तनाव र चिन्ता मुक्त रहनेः तनाव र चिन्ताले शरीरलाई नराम्ररी गाँज्छ । तपाई तनाव र चिन्तामा हुनु हुन्छ भने कहिले पनि ब्लड सुगर घट्दैन । त्यसैले तनाव र चिन्ता मुक्त रहनु मधुमेहबाट मुक्तिको पहिलो सर्त हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप