मधुमेहलाई उल्ट्याउन सकिएला ?
काठमाडौँ । मधुमेहलाई उल्ट्याउन सकिएला ? हामीमध्ये धेरैलाई यो प्रश्नले दिक्क बनाएको होला । यसको छोटो उत्तर हो, ‘केही हदसम्म सम्भव छ’ । दोस्रो खालको मधुमेहलाई उल्ट्याउन सकिन्छ भनेर डाक्टरहरुले पनि भनेका छन् ।
तर यसका लागि रगतमा चिनीको मात्रा कम्तीमा पनि तीन महिना सामान्य स्तरमा रहनु पर्छ, त्यो पनि ग्लुकोज कम गर्ने औषधिको प्रयोग नगरी । टाइप टू मधुमेह क्रोनिक रोग हो । यो उल्टियो वा पूरै निको भयो भनेर भनिदैंन, रिमिसनमा छ भनिन्छ । मधुमेह रिमिसनमा रह्यो भने पनि नियमित रुपमा रगत जाँच चाँहि गराइरहनु पर्छ । दोस्रो खालको मधुमेह नियन्त्रण गर्न शुरुआती चरणमै यसको पहिचान र हस्तक्षेप जरुरी छ । शुरुआती चरणमै हुँदा ब्लड सुगरको स्तर न्यून हुन्छ ।
मधुमेहलाई रिमिसनमा राख्न सघाउन जीवनशैलीमा गर्नुपर्ने केही परिवर्तन:
नियमित व्यायामः हरेक दिन ३० मिनेट अनि हप्तामा पाँच दिन व्यायाम गर्नुहोस् । हलुका खालको काडिर्यो र स्ट्र्न्थ ट्रेनिङ पनि गर्नुहोस् । कठिन परिश्रमबाट तौल घटाइसक्नु भएको छ भने पनि हरेक दिन व्यायाम गर्न आवश्यक हुन्छ । व्यायाम गर्न जिम नै जानु पर्छ भन्ने छैन । तौल घटाउन सहयोगी सामान्य व्यायाम गर्न सकिन्छ ।
तौल घटाउनेः औषधिको प्रयोग, खानपानमा हेरफेर आदि उपायले तौल घटाउन सकिनेछ । चिकित्सकको सल्लाहअनुसार तौल घटाउने सर्जरी नै गर्न पनि सकिन्छ ।
स्वस्थ्यबद्र्धक खानपानः सबै खालको मधुमेहको बिरामीलाई सुहाउने एउटै खानपान हुन्न । प्रशोधित खानेकुरा र चिनी अनि कार्बोहाइड्रेट्स उच्च मात्रामा पाइने खानेकुरा घटाउनबाट यसको शुरुवात गर्नुहोस् । जंक फूड, फाष्ट फूड रेड मिट छाड्नुहोस् । प्राकृतिक तरिकाले बनाइएको भोजन खानुहोस् । भोजनमा प्लान्ट बेस्ड खानेकुरा बढी समावेश गर्नुहोस् । तपाईँले डाइबेटिज प्लेट मेथड पनि अपनाउन सक्नु हुन्छ । वा आफूलाई सुहाउँदो डायटरी प्लानका लागि विशेषज्ञको सल्लाह लिन सक्नु हुनेछ ।
पर्याप्त निद्राः मधुमेहलाई नियन्त्रण गर्न हरेक रात पर्याप्त अनि आनन्दको निद्रा चाहिन्छ । निद्रामा कमी भयो वा खलल भयो भने ब्लड सुगर बढ्न सक्छ । त्यसैले हरेक रात कम्तीमा पनि ७ देखि ८ घण्टा निदाउने कोसिस गर्नुहोस् । राम्रोसँग निद्रा लागेन भने योगा वा ध्यान गर्न सकिन्छ ।
धूम्रपान छाड्नेः धूम्रपान गर्नु हुन्छ भने छाड्नुहोस् । धूम्रपानको लत छुटाउन गाह्रो भइरहेको छ भने डाक्टरको सल्लाह लिन पनि सकिन्छ ।
तनाव र चिन्ता मुक्त रहनेः तनाव र चिन्ताले शरीरलाई नराम्ररी गाँज्छ । तपाई तनाव र चिन्तामा हुनु हुन्छ भने कहिले पनि ब्लड सुगर घट्दैन । त्यसैले तनाव र चिन्ता मुक्त रहनु मधुमेहबाट मुक्तिको पहिलो सर्त हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण