नेपालपे क्यूअरमार्फत मासिक १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार
बुधबार, ०१ कात्तिक २०८०, २० : ३२
काठमाडौँ । नेपालपे क्यूअर सार्वजनिक भएको ६ महिना यता पहिलो पटक असोज महिनामा नेपालपे क्यूअर को प्रति महिना कारोबार १ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ ।
यसै गरी विभिन्न बैंक वित्तीय संस्थाहरू तथा भुक्तानी सेवा प्रदायकहरू मार्फत नेपालपे क्यूअर मा ४ लाख २५ हजार भन्दा बढी मर्चेन्टहरु आबद्ध भइसकेका छन् । कारोबार रकम तथा मर्चेन्टको सङ्ख्या अनुसार यस उपलब्धिलाई एक महत्त्वपूर्ण कोशेढुङ्गाको रूपमा लिइएको छ र यसबाट क्यूअर भुक्तानीमा थप वृद्धि हुने पनि अपेक्षा गरिएको छ ।
नेपालपे क्यूअर नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्डको पूर्वाधार हो । क्यूअर स्कीमको रूपमा समेत उपलब्ध रहेको उक्त नेपालपे क्यूअर मा एप वा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण