आईसीसी एकदिवसीय विश्वकप
एक खेल पनि नखेली विश्वकप जित्ने पहिलो खेलाडी
बिहीबार, ०२ कात्तिक २०८०, ०८ : ४७
काठमाडौँ । सन् १९८३ को एकदिवसीय विश्वकप इङ्ल्यान्ड र वेल्समा आयोजना भएको थियो । त्यो विश्वकपको उपाधि भने भारतले जितेको थियो ।
कपिल देवको कप्तानीमा रहेको भारतले फाइनलमा वेस्ट इन्डिजलाई ४३ रनले पराजित गरेको थियो । त्यो विश्वकप खेल्न सुनिल भालसन पनि भारतीय टोलीमा परेका थिए ।
त्यो विश्वकपमा भारतीय टोली समूह ‘बी’ मा परेको थियो । समूहगत चरणमा भारतले कुल ६ वटा खेल खेल्यो । त्यसपछि सेमिफाइनल र फाइनल गरी भारतले उपाधि जित्दासम्म कुल आठवटा खेल खेल्यो । तर, भारतीय टोलीमा रहेका सुनिल भालसनले भारतको तर्फबाट एक खेल पनि खेलेनन् ।
उनी विश्वकप विजेता भारतीय टोलीको सदस्य भने बने । त्यसैले उनी एकदिवसीय विश्वकपको इतिहासमा एक खेल पनि नखेली विश्वकप उपाधि जित्ने पहिलो खेलाडी बन्न पुगे । खासमा उनी बायाँहाते मध्यम तेज गतिका बलर थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण