यूटी६९ बाट एक्टिङ डेब्यू गर्दैछन् शिल्पाको पति राज कुन्द्रा
मुम्बई । बलिउडकी फिटनेश आइकन र अभिनेत्री शिल्पा शेट्टीको पति तथा व्यापारी राज कुन्द्राले एक्टिङ डेब्यू गर्दैछन् । हालै मात्रै कुन्द्राले यूटी६९ नामक फिल्म बनाउने घोषणा गरेका छन् । बुधबार राति यो फिल्मको ट्रेलर रिलिज भएको छ । फिल्ममा अरु को –को छन् भनेर सार्वजनिक गरिएको छैन ।
यो फिल्म कुन्द्राको निजी जीवनमा आधारित छ । पोर्नोग्राफी मामिला राज कुन्द्रा आर्थर रोड जेल गएपछि उनले सामना गरेको अप्ठ्याराहरुको कहानी नै फिल्मको कथा हो । फिल्मको ट्रेलरमा कुन्द्रा कैदीहरूबीच दुखी मुद्रामा देखिन्छन् । उनले यो फिल्म खेल्न लागेको कुरा कुन्द्राले शिल्पालाई पहिलो पटक भन्दा कस्तो खालको प्रतिक्रिया आएको थियो होला ?
आफूले फिल्म खेल्न लागेको कुरा बताउँदा शिल्पा आफ्नो आसपासै नहोस् जस्तो कुन्द्रालाई लागेको थियो । ‘मसँग एउटा फिल्मको स्क्रिप्ट छ भनेर मैले उसलाई बताए । म उसको जवाफ कुर्दै थिए । यति भनेर म उ भएतिर मोडिए । तर त्यति नै बेला उसको जुत्ता उडेर मेरो अनुहारमा झ्याम्म लाग्यो,’ जिस्किँदै कुन्द्राले भने ।
यो फिल्ममा खेल्ने कुरा नै रिस्की भएको अनि यो फिल्म बन्दैन भन्ने शिल्पालाई लागेको हुन सक्ने उनी बताउँछन् । निर्देशक शाहनवाज अलीले शिल्पालाई फिल्मको कहानी सुनाए पछि मात्रै शिल्पा यो फिल्मप्रति सपोर्टिभ भइन् । फिल्म नोभेम्बर ३ मा रिलिज हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण