मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

दसैँ बिदामा आयोग खुला रहने

बिहीबार, ०२ कात्तिक २०८०, १६ : १९
बिहीबार, ०२ कात्तिक २०८०

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु आगामी दसैँ बिदामा पनि खुल्ने भएको छ । 
बिहान ११.०० बजेदेखि दिउँसो २.०० बजेसम्म कार्यालयहरु खुला रहने प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए । 
आम नागरिकको मानव अधिकारको संरक्षणको कार्यलाई ध्यानमा राखी विगतमा झैँ यस वर्षको बिदाका दिनमा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाएको उनको भनाइ छ । 
 यस अवधिमा आयोगले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुमा उजुरी लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिका घटनाहरुमा आकस्मिक अनुगमन समेत गर्ने उनले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप