१ अर्ब डलर घोटाला मामिलामा क्रिप्टोकरेन्सी कम्पनीमाथि मुद्दा

न्यूयोर्क । अमेरिकामा तीन क्रिप्टोकरेन्सी कम्पनीमाथि मुद्दा दायर गरिएको छ । क्रिप्टोकरेन्सी कम्पनीहरु जेनसिस ग्लोबल, यसको मातृ कम्पनी डिजिटल करेन्सी गु्रप (डीसीजी) र जेमनाईलाई लगानीकर्ताहरूबाट १ अर्ब डलर भन्दा बढी ठगेको आरेपमा न्यूयोर्ककी महान्यायाधिवक्ता लेटिटिया जेम्सले क्रिप्टोकरेन्सी कम्पनीहरुमाथि मुद्दा हालेकी हुन् ।
क्रिप्टोकरेन्सी विनिमय मञ्च एफटीएक्स धराशयी बनेको एक वर्षपछि पनि क्रिप्टो उद्योगले निरन्तर चुनौतीहरूको सामना गरिरहेको यसले ऊजागर गरेको छ । मुद्दामा लगानीकर्ताबाट ठगिएको पैसा पूरै फिर्ता गर्न र न्यूयोर्कको वित्तीय लगानी उद्योगमा तीन ओटै क्रिप्टो कम्पनीलाई प्रतिबन्ध लगाउन माग गरिएको छ ।
यो मुद्दाको केन्द्रमा जेमनाईले जेनसिससँग मिलेर चलाएको बिट्क्वाइन जस्ता क्रिप्टोकरेन्सी ऋण दिने कार्यक्रम ‘जेमनी अर्न’ छ । यो कार्यक्रमका विषयमा गएका केही महीनामा जेनसिस र जेमनाईबीच कयौं पटक झगडै परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्री जवाफ दिन अघि बढेपछि जर्याकजुरुक उठे रास्वपाका सांसद, अनि सुरु भयो नाराबाजी (तस्बिरहरू)
-
युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गरिनुपर्छ : सांसद खतिवडा
-
बाढीले क्षति पुगेका आयोजनाहरू बजेटमा समावेश भएनन् : सांसद जबरा
-
रास्वपालाई एमाले सांसदले जुत्ता चप्पल खोलेर विरोध गर्न मिल्दैन भनेपछि...
-
विकल पौडेललगायतविरूद्ध सर्वोच्च पुग्यो अख्तियार
-
‘ह्विलिङ चार्ज’ को विषयलाई चाँडो टुङ्ग्याउन ऊर्जामन्त्रीको निर्देशन