१ अर्ब डलर घोटाला मामिलामा क्रिप्टोकरेन्सी कम्पनीमाथि मुद्दा
न्यूयोर्क । अमेरिकामा तीन क्रिप्टोकरेन्सी कम्पनीमाथि मुद्दा दायर गरिएको छ । क्रिप्टोकरेन्सी कम्पनीहरु जेनसिस ग्लोबल, यसको मातृ कम्पनी डिजिटल करेन्सी गु्रप (डीसीजी) र जेमनाईलाई लगानीकर्ताहरूबाट १ अर्ब डलर भन्दा बढी ठगेको आरेपमा न्यूयोर्ककी महान्यायाधिवक्ता लेटिटिया जेम्सले क्रिप्टोकरेन्सी कम्पनीहरुमाथि मुद्दा हालेकी हुन् ।
क्रिप्टोकरेन्सी विनिमय मञ्च एफटीएक्स धराशयी बनेको एक वर्षपछि पनि क्रिप्टो उद्योगले निरन्तर चुनौतीहरूको सामना गरिरहेको यसले ऊजागर गरेको छ । मुद्दामा लगानीकर्ताबाट ठगिएको पैसा पूरै फिर्ता गर्न र न्यूयोर्कको वित्तीय लगानी उद्योगमा तीन ओटै क्रिप्टो कम्पनीलाई प्रतिबन्ध लगाउन माग गरिएको छ ।
यो मुद्दाको केन्द्रमा जेमनाईले जेनसिससँग मिलेर चलाएको बिट्क्वाइन जस्ता क्रिप्टोकरेन्सी ऋण दिने कार्यक्रम ‘जेमनी अर्न’ छ । यो कार्यक्रमका विषयमा गएका केही महीनामा जेनसिस र जेमनाईबीच कयौं पटक झगडै परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण