आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

फूल, माला तथा माटोसहितको बिरुवा ल्याउन रोक

शुक्रबार, ०३ कात्तिक २०८०, १६ : ४९
शुक्रबार, ०३ कात्तिक २०८०

काठमाडौँ । अवैध रुपमा फूल, माला तथा माटोसहितको बिरुवाहरु भित्र्याउन रोक लगाइने भएको छ । चाडपर्व लक्षित गरी विभिन्न प्रकारका अवैध फूल, माला तथा माटोसहितको बिरुवा भित्रिन रोक लगाइने भएको हो ।

नेपालभर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री जितरण वा भण्डारण गर्न पूर्णरुपमा रोक लगाइएकाले थप प्रभावकारी रुपमा कार्यान्वयन गर्न सरोकारवाला निकायलाई आग्रह गरिएको गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारीले बताए ।

‘अवैध रुपमा भित्रिने फूल, माला तथा बिरुवाहरुलाई नियन्त्रण गर्न नाकाका प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन कार्यालयहरुलाई थप प्रभावकारी बनाइएको छ,’ उनले भने, ‘चाडबाडको मौका छोपी बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरेको पाइएमा कानुन अनुसार कारबाही गरिने छ ।’

प्लाष्टिकजन्य फूलगुच्छाको बिक्री वितरण नगर्न र नगराउन फ्लोरीकल्चर एशोसिएसन नेपाल (फ्यान) का अध्यक्ष मीन बहादुर तामाङले आग्रह गरे । ‘फ्यानका सदस्य, पुष्प व्यवसायी लगायतले कृत्रिम प्लाष्टिकजन्य फूलगुच्छा तथा बिरुवाहरुको बिक्री वितरण गरेको पाइएमा उहाँहरु कारबाहीमा पर्नुहुन्छ,’ उनले भने, ‘कारोबार गर्दा वैधानिक तवरले प्राकृतिक फूल बिरुवाहरुलाई प्राथमिकता दिइ व्यवसाय गर्न अनुरोध छ ।’

नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन २०७६ को दफा १५ को उपदफा (६) अनुसार गत वर्ष साउन यता नेपालभर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरुपमा प्रतिबन्ध लगाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप