क्लासेन र यानसेन चम्किँदा दक्षिण अफ्रिकाको शानदार जीत
वांखडे । हेनरिच क्लासेनको विस्फोटक ब्याटिङ र मार्को यानसेनको अलराउन्ड प्रदर्शनको मद्दतले दक्षिण अफ्रिकाले इंग्ल्याण्डमाथि शानदार जीत हासिल गरेको छ । शनिबार भएको खेलमा दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई २ सय २९ रनको विशाल अन्तरले हराएको हो ।
दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ४ सय रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले २२ ओभरमा सबै विकेट गुमाउँदै मात्र १ सय ७० रन बनाउन सक्यो । इंग्ल्याण्डका लागि मार्क वुडले ४३ तथा गुस एट्किन्सनले ३५ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले ठुलो योगदान दिन सकेनन् । दक्षिण अफ्रिकाका लागि जेलाल्ड कोटजीले ३ तथा लुंगी एनगिडी र मार्को यानसेनले दुई–दुई विकेट लिए ।
यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ९९ रन बनाएको थियो । अन्तिम ओभरमा गस एट्किन्सनको बलमा बोल्ड हुन अघि हेनरिच क्लासेनले मात्र ६७ बलमा १ सय ९ रनको शानदार पाली खेले । उनले यस क्रममा १२ चौका र ४ छक्का हिर्काए । दक्षिण अफ्रिकाको सुरुवात भने राम्रो हुन सकेको थिएन । ओपनर क्वीनटन डी कक पहिलो ओभरमा नै आउट भएका थिए ।
तर त्यसपछि रेजा हेनड्रिक्स र रासी भान डेर डुसेनले शतकीय साझेदारी गर्दै दक्षिण अफ्रिकाको पारी सम्हाले । हेनड्रिक्सले ७५ बलमा ९ चौका र ३ छक्का हिर्काउँदै ८५ रन बनाए भने डुसेनले ६१ बलमा ६० रनको योगदान दिए ।
त्यस्तै, कप्तान एइडन मारक्रमले ४२ रन बनाउँदा मार्को यानसेनले ७५ रनको महत्त्वपूर्ण पारी खेले । इंग्ल्याण्डका लागि रिस टोप्लेले ३ तथा गस एट्किन्सन र अदिल रसिदले २–२ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण