प्रभाव पार्न सक्ने खेलाडी : केएल राहुल (भारत)
भारतीय टोलीका विकेटकिपर ब्याट्सम्यान हुन्, के। एल। राहुल । ३१ वर्षीय राहुल टोलीका अनुभवी खेलाडी पनि हुन् । उनी भारतका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटमा दुई—दुई हजारभन्दा बढी रन बनाएका छन् ।
्
यी दायाँहाते आक्रामक ब्याट्सम्यानले भारतका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा सात हजारभन्दा बढी रन बनाइसकेका छन् । राहुलले देशका लागि ६५ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । उनले एकदिवसीय खेलको ६१ पालीमा ५०।८५ को औसतले कुल दुई हजार चार सय ४१ रन बनाएका छन् ।
एकदिवसीय क्रिकेटमा उनले ६ वटा सतक र १६ वटा अर्धसतक बनाएका छन् । एकदिवसीय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन एक सय १२ रन हो । उनले ४५ वटा क्याच लिएका छन् भने चारवटा स्टम्पिङ पनि गरेका छन् ।
यसैगरी उनले भारतका लागि ४७ टेस्ट खेल्दै ३३।४४ को औसतले कुल दुई हजार ६ सय ४२ रन बनाएका छन् । टेस्ट क्रिकेटमा पनि उनले सात सतक र १३ वटा अर्धसतक प्रहार गरेका छन् । टेस्टमा उनको उत्कृष्ट प्रदर्शन एक सय ९९ रन हो । टेस्ट क्रिकेटमा उनले ५४ वटा क्याच पनि लिएका छन् ।
यसका अतिरिक्त उनले देशका लागि ७२ वटा टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । टी—२० को ६८ पालीमा उनले ३७।७५ को औसतले कुल दुई हजार दुई सय ६५ रन बनाएका छन् । टी—२० मा उनले दुई सतक र २२ वटा अर्धसतक बनाएका छन् ।
टी—२० अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट प्रदर्शन अविजित एक सय १० रन हो । टी—२० मा उनले २३ वटा क्याच लिएका छन् भने एउटा स्टम्पिङ पनि गरेका छन् । यी अनुभवी ब्याट्सम्यानबाट आइतबार हुने न्युजिल्यान्डविरुद्धको खेलमा पनि भारतीय समर्थकले उत्कृष्ट प्रदर्शनको आशा गरेका छन् ।
जारी विश्वकपको यसअघिको खेलमा पनि उनले स्तरीय प्रदर्शन गरेका छन् । अस्ट्रेलियाविरुद्धको खेलमा उनले अविजित ९७ रन बनाएका थिए । भारतले जित हात पारेको त्यो खेलमा उनी म्यान अफ दी म्याचसमेत घोषित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण