अफगानिस्तानसँग पाकिस्तान स्तब्ध
चेन्नई । भारतमा जारी एकदिवसीय विश्वकपमा पाकिस्तान अफगानिस्तानसँग ८ विकेटले पराजित भएको छ । एकदिवसीय क्रिकेटमा अफगानिस्तानले पाकिस्तानलाई हराएको यो पहिलो अवसर हो ।
पाकिस्तानले जीतका लागि प्रस्तुत गरेको २ सय ८३ रनको लक्ष्य अफगानिस्तानले ४९ ओभरमा मात्र २ विकेट गुमाएर सफलतापूर्वक पछ्यायो । टोलीका लागि ओपनरद्वय रहमानुल्लाह गुरबाज र इब्राहिम जाडरानले शतकीय साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । गुरबाजले ६५ रन तथा जाडरानले ८७ रनको पाली खेले ।
त्यसपछि रहमत शाहले ७७ रन र कप्तान हस्मतुल्लाह शाहिदीले ४८ रन बनाउँदै टोलीलाई जीतसम्म डोर्याए । ठुला टोलीविरुद्ध अफगानिस्तानले यो प्रतियोगितामा हासिल गरेको यो दोस्रो जीत हो । यसअघि इंग्ल्याण्ड अफगानिस्तानसँग स्तब्ध बनेको थियो । यता पाकिस्तानले भने सुरुवाती दुई खेल जिते यता लगातार तेस्रो हार बेहोर्न बाध्य बनेको छ ।
यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ८२ रन बनाएको थियो । टोलीका लागि कप्तान बाबर आजमले सर्वाधिक ७४ रनको योगदान दिए । उनले ९२ बलमा ४ चौका र एक छक्का हिर्काए ।
त्यस्तै, ओपनर अब्दुल्लाह सफिकले ५८ रन बनाए भने शादाब खान र इफ्तिकार अहमदले समान ४०–४० रन बनाए । अफगानिस्तानका लागि युवा खेलाडी नूर अहमदले ३ विकेट लिए भने नवीन उल हकले २ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण