विश्वकपमा पहिलो पटक रङ्गिन जर्सीको प्रयोग
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको पाँचौँ संस्करण सन् १९९२ मा अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गरेका थिए । त्यो विश्वकप पाकिस्तानले जितेको थियो । पाकिस्तानले फाइनलमा इङ्ल्यान्डलाई २२ रनले हराएको थियो ।
पाकिस्तानले एकदिवसीय विश्वकपको उपाधि जितेको त्यो पहिलो पटक थियो । तर, त्योभन्दा पनि महत्त्वपूर्ण कुराको थालनी भएको थियो, सन् १९९२ को विश्वकपबाट । त्योभन्दा अगाडि विश्वकप खेल्ने सबै टोलीका खेलाडीले सेतो रङको पोसाक लगाउने गर्थे । अर्थात्, एकदिवसीय विश्वकपमा पनि ‘अल ह्वाइट’ को नीति अङ्गीकार गरिन्थ्यो ।
तर, सन् १९९२ को विश्वकपमा पहिलो पटक रङ्गिन जर्सीको प्रयोग गरिएको थियो । त्यो विश्वकपमा सहभागी नौवटै टोलीका खेलाडी आ—आफ्नो देशको छुट्टाछुट्टै रङ्गिन जर्सी लगाएर मैदानमा ओर्लिएका थिए । त्यो विश्वकपमा न्युजिल्यान्ड, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, पाकिस्तान, अस्ट्रेलिया, वेस्ट इन्डिज, भारत, श्रीलङ्का र जिम्बाबेले भाग लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण