रणवीर कपुरले अभिनयबाट ब्रेक लिने, छोरीसँग समय बिताउने
मुम्बई । रणवीर कपुरले अब अभिनयबाट लामो ब्रेक लिने भएका छन् । यस समयमा उनले छोरी राहासँग पूर्ण समय बिताउनेछन् ।
आलिया आगामी दिनमा फिल्म जिगराको सुटिङमा व्यस्त हुने भएकाले उनले यो निर्णय लिएकी हुन् । यसैलाई ध्यानमा राखेर रणवीरले यो निर्णय लिएका हुन् ।
हालै रणवीरले जूम सेसन मार्फत आफ्ना फ्यानहरूसँग भेट गरेका थिए । सो क्रममा उनले आफ्नो भावी योजनाका बारेमा कुरा गरे । अब ५–६ महिना घरमै बस्ने उनले बताए ।
यतिबेला उनको सम्पूर्ण ध्यान राहामा मात्र केन्द्रित हुनेछ । राहाको जन्म हुँदा उनी एनिमलको सुटिङमा व्यस्त थिए । जसका कारण उनले छोरीसँग गुणस्तरीय समय बिताउन सकेनन् । उनी अहिले पितृत्व बिदा चाहन्छन् किनभने राहा अहिले निकै भावुक बनेकी छन् ।
रणवीरले थप भने, ‘राहा बामे सरिरहेकी छिन् । उसले मानिसहरूलाई चिन्दै छ। धेरै माया दिइरहेकी छिन् । उनी पनि पा र मा जस्ता शब्द बोल्न खोज्छिन् । यो उनको वरिपरि भएको सबैभन्दा सुन्दर समय थियो र म यसलाई सधैं सम्झनेछु।’
रणवीरले पत्नी आलिया आगामी दिनमा फिल्म जिगराको सुटिङमा व्यस्त रहेको बताए । जसका कारण उनले यस अवधिमा राहाको हेरचाह गर्नेछन् । उनले अब छिट्टै राहाको पहिलो जन्मदिन आउँदै गरेको र त्यसका लागि आफन्त र साथीभाइसँग सानोतिनो उत्सव मनाउने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण