‘द कपिल शर्मा शो’ को कम्ब्याकमा ढिलाइ
मुम्बई । जुलाईको अन्तिम साताबाट बन्द भएको ‘द कपिल शर्मा शो’ अर्को वर्ष मात्र सानो पर्दामा फर्किने भएको छ । शोका निकटस्थहरूका अनुसार कपिल र उनको टोलीले यो वर्षको अन्त्यसम्ममा मात्र ३ महिनाको ब्रेक लिएर फर्कन चाहेको थियो । तर, कपिलको नयाँ प्रोजेक्टले उनको योजना बिथोलेको छ ।
श्रोत भन्छन्, ‘जब कपिलले शोबाट ब्रेक लिने निर्णय गरे, तब उनले यो ब्रेक ३ महिनाको लागि मात्र चाहेका थिए। त्यस समयमा कपिल आफ्नो अन्तर्राष्ट्रिय भ्रमणमा व्यस्त थिए। कपिलको व्यावसायिक प्रतिबद्धतालाई ध्यानमा राखिएको थियो। च्यानलले उनलाई ३ महिनाको ब्रेक लिएर नोभेम्बर महिनामा शोमा फर्कन भनेको थियो । तर यसैबिच कपिलले नयाँ प्रोजेक्ट साइन गरेर निर्मातालाई चकित पारेका थिए ।’
उनले थप बताए, 'कपिलले नेटफ्लिक्ससँग कमेडी च्याट शो साइन गरेका छन् जुन करिब ३ महिनासम्म चल्नेछ। नेटफ्लिक्सको सम्झौता अनुसार कपिल उनीहरूको बाहेक अरू कुनै टिभी कार्यक्रमको हिस्सा बन्न पाउने छैनन् । कपिल विथ नेटफ्लिक्सलाई ध्यानमा राख्दै च्यानलले अब अर्को वर्षको मार्च महिनामा शोमा पुनरागमन गर्ने सोच बनाएको छ ।’ 'द कपिल शर्मा शो' को अन्तिम एपिसोड २३ जुलाई २०२३ मा टेलिकास्ट भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण