सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

टेकुबाट तास खेलिरहेका सात जना पक्राउ

बिहीबार, ०९ कात्तिक २०८०, १६ : २९
बिहीबार, ०९ कात्तिक २०८०

काठमाडौँ । जुवातास खेलिरहेको अवस्थामा काठमाडौँबाट सात जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका-१२ टेकु बस्ने कुसुम देउलाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१२ बस्ने २२ वर्षीय रिक्की देउला समेत ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ८६ हजार २ सय रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप