सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

ललितपुर र मकवानपुरबाट जुवातास खेल्ने १९ जना पक्राउ

शुक्रबार, १० कात्तिक २०८०, १४ : २३
शुक्रबार, १० कात्तिक २०८०

काठमाडौँ । ललितपुर र मकवानपुरबाट जुवातास खेलिरहेका १९ जना पक्राउ परेका छन् ।

ललितपुरको गोदावरी नगरपालिका-५ लेले बस्ने नविन सिलवालको घरमा जुवा ९कौडा० खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय सुरेन्द्र महत समेत १० जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७ लाख ९९ हजार रुपैयाँ, १६ थान कौडा, ९ बुक तास र १० थान मोबाइलसहित पक्राउ गरेको हो ।

त्यस्तै मकवानपुरको हेटौँडा उपमहानगरपालिका-७ देवीबन टोल बस्ने गोकुल नाथ पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका(८ बस्ने ४० वर्षीय अजय खड्का समेत ९ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ६५ हजार ३ सय ९० रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप