रूसको केन्द्रीय बैंकले मुख्य ब्याज दर बढायो
मस्को । रूसको केन्द्रीय बैंकले रूसी अर्थतन्त्रमा मुद्रास्फिति बढ्दै गएको भन्दै शुक्रबार आफ्नो प्रमुख ब्याजदर १३ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याएको छ ।
युक्रेनमा मस्कोले गरेको आक्रमणको आर्थिक असरसँग जुध्ने प्रयास गरिरहेको केन्द्रीय बैंकले केही महिनायता ब्याजदरमा गरेको यो चौथो वृद्धि हो ।
“हालको मुद्रास्फीतिको दबाब बैंक अफ रसियाको अपेक्षाभन्दा उल्लेख्य रूपमा बढेको छ,” केन्द्रीय बैंकले ब्याजदर दर वृद्धिको घोषणा गर्दै जारी एक विज्ञप्तिमा भनेको छ ।
लाखौं सैनिकहरूलाई सेवामा बोलाउँदा सरकारी सैन्य खर्चमा भएको वृद्धिले रूसी घरेलु अर्थव्यवस्थालाई अत्यधिक प्रभावित पार्ने सङ्केतहरू देखाएको छ ।
केन्द्रीय बैंकले वार्षिक मुद्रास्फीति ६.६ प्रतिशतमा रहेको र यो लक्ष्य चार प्रतिशतभन्दा बढी रहेको जनाएको छ ।
उच्च ब्याज दरहरूले कर्जा दर महँगो बनाएको छ भने यसले उपभोक्ता र व्यवसायहरूलाई बचत गर्न, खर्च नगर्न प्रोत्साहित गरेर माग कम गर्ने योजना बनाइएको छ ।
बैंकले आगामी महिनाहरूमा पनि मूल्य वृद्धि भइरहने ‘पर्याप्त’ जोखिम देखिएको जनाएको छ ।
“केन्द्रीय बैंकले आक्रामक रूपमा यसको मुख्य दर बढाएको छ,” मस्कोस्थित अल्फा बैंकका विश्लेषकहरूले एक अनुसन्धान रिपोर्टमा भनेका छन्, “यो बजारले अपेक्षा गरेभन्दा कठिन कदम हो ।”
रूसी रुबल अमेरिकी डलरसँग ९३ को हाराहारीमा पुगेको थियो ।
विनिमय दरलाई राजनीतिज्ञ, व्यवसाय र रूसी जनसङ्ख्याले रूसको आर्थिक स्वास्थ्यको प्रमुख ब्यारोमिटरको रूपमा हेरिन्छ ।
मस्कोले युक्रेनमाथिको आक्रमण र पश्चिमा प्रतिबन्धका कारण आर्थिक पतन हुन सक्ने प्रारम्भिक भविष्यवाणीलाई लत्याए पनि यो आक्रमणले घरेलु अर्थतन्त्रमा अझै दबाब सिर्जना गरेको छ ।
सैन्य खर्चमा तीव्र वृद्धिले सरकारलाई घाटामा धकेलेको छ, जबकि न्यून रोजगारीले बढ्दो ज्याला र मूल्यहरूको चक्र सिर्जना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण