कांग्रेस चियापान : प्रधानमन्त्री प्रचण्ड लगायतका शीर्ष नेता सानेपामा (तस्बिरहरु)
काठमाडौँ । नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा माओवादी नेताहरु सहभागी भएका छन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड, नेताहरु जनार्दन शर्मा, अग्नि सापकोटा, लगायतका नेताहरु सहभागी भएका हुन् ।
उनीहरुलाई कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरूले स्वागत गरेका छन् । त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नेताहरु सहभागी भएका छन् । कार्यक्रममा एमाले अध्यक्ष ओली, नेताहरु विष्णु पौडेल, विष्णु रिमाल, ईश्वर पोखरेल, रघुजी पन्त, छबिलाल विश्वकर्मा लगायतका नेताहरु सहभागी भएका हुन् ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा नेताहरु सहभागी भएका छन् । एकीकृत समाजवादीका नेता घनश्याम भुसाल लगायतका नेताहरु कार्यक्रममा सहभागी भएका छन् । त्यस्तै सभामुख देवराज घिमिरे, रास्वपाका सभापति रवि लामिछाने, पूर्वसभामुख दमननाथ ढुंगाना लगायतका नेताहरु पनि कार्यक्रममा सहभागी भएका छन् ।
कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा बडादसैँ, तिहार, नेपाल संवत् र छठलगायतका पर्वका अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको हो ।
तस्बिरहरु :
_RzpX2RDCyE.jpg)
_4C3p7OQJlK.jpg)
_dnSZLertgv.jpg)
_poZRHjSet0.jpg)
_fnHbQ2QdRf.jpg)
_0BC6aNmcEO.jpg)
_ckNkrSm8Np.jpg)
_DFh4KsBDQi.jpg)
_yYAr2eQcUH.jpg)
_Mq3yG8Rqbe.jpg)
_z2kp3KOK9P.jpg)
_pZCFl5jZon.jpg)
_uS6YPVzzDU.jpg)
_MxKHCyvhAl.jpg)
_5X5mRteqDu.jpg)
_HuTRtySDN3.jpg)
_n1HQrsuIap.jpg)
_0XYUJcGtG0.jpg)
_0BLIMOKFhn.jpg)


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण