राष्ट्रसंघका महासचिव आउँदा हामीले सकारात्मक सन्देश दिएर पठाउनुपर्छ : अध्यक्ष नेपाल
काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संक्रमणकालिन न्यायको विषयलाई टुंग्याउन ढिला गर्नु नहुने बताएका छन् । शनिवार नेपाली काँग्रेस पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले संक्रमणकालिन न्यायसँग सम्बन्धित विषयलाई टुंग्याउन ढिला गर्नु नहुने बताएका हुन् ।
उनले युद्धलाई टुंग्याएर शान्ति प्रक्रिया प्रारम्भ गरेको रफ्तारमै बाँकी कामहरु हुनुपर्ने भएपनि त्यसो हुन नसकेको जिकिर गरे । उनले भने, ‘वास्तवमा धेरै ढिलो भयो । जसरी हामीले एकदम छोटो समयमा युद्धलाई टुंग्याउने र शान्तिको प्रक्रियामा या राजनीतिक मुल प्रवाहमा ल्याउने काममा हामी सफल भएका थियौँ । त्यसैगरी त्यससँग जोडिएका जम्मै विषयवस्तुहरु, द्वन्द्व व्यवस्थापनका सम्पूर्ण विषयवस्तुहरु, संक्रमणकालीन न्यायसँग जोडिएका सबै विषयवस्तुहरुलाई छिटो टुंग्याउनु पर्दथ्यो । त्यसमा ढिलाइ भएको छ । अब धेरै ढिला गर्नु हुँदैन । संयुक्त राष्ट्रसंघको महासचिव आउनु भएको यो बेलामा हामीले सकारात्मक सन्देश दिएर पठाउनुपर्छ ।’
अध्यक्ष नेपालले पुराना राजनीतिक दलहरु विभिन्न परिक्षामा जाचिएर आएका उल्लेख गर्दै आफूहरु पुनः अग्नि परीक्षामा जाँचिन तयार रहेको बताP ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण