घरेलु मैदानमा चेल्सी पराजित
शनिबार, ११ कात्तिक २०८०, २० : २५
लण्डन । प्रिमियर लिगमा चेल्सी आफ्नै घरेलु मैदानमा ब्रेन्टफोर्डसँग पराजित भएको छ । शनिबार भएको खेलमा चेल्सी २–० ले पराजित बनेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको ५८ औँ मिनेटमा इथन पिनोकले पाहुना टोलीलाई अग्रता दिलाए । चेल्सीले गोल गर्ने थुप्रै अवसरहरू गुमाएको थियो ।
यसको फाइदा उठाउँदै इन्जुरी समयमा ब्रायन एमबेयुमोले अर्को गोल थप्दै टोलीलाई लिगमा तेस्रो जीत दिलाए । पराजयपछि चेल्सी १० खेलबाट १२ अङ्क बटुल्दै लिगको ११ औँ स्थानमा सीमित बनेको छ ।
१३ अङ्कसहित ब्रेन्टफोर्ड लिगको १० औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण