‘रङ्गेली’ अमेरिकामा प्रिमियर हुने
काठमाडौँ । अहिले छायांकनको अन्तिम चरणमा रहेको फिल्म हो ‘रङ्गेली’ । छायाङ्कन नसकिँदै फिल्मको अमेरिका प्रदर्शन बिक्री भएको छ । अमेरिकाको लागि फिल्मको अधिकार एक्का बास्सा इन्टरटेन्मेन्ट एन्ड लाइभ एट प्रिजेन्टले खरिद गरेको हो ।
प्रदर्शन अधिकार बिक्री भएसँगै क्यालिफोर्नियाको सान फ्रान्सिस्को र टेक्सासस्थित ड्यालसमा फिल्मको प्रिमियर पनि फिक्स भएको निर्देशक अर्जुन सुवेदीले जानकारी दिए ।
यसअघि जापान, कोरिया र हङकङ गरी तीन देशको फिल्मको वितरण अधिकार उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्टले किनेको थियो । अस्ट्रेलियामा पनि फिल्मको प्रदर्शन अधिकार बिक्री भैसकेको छ । अस्ट्रेलियाको मेलबर्नमा माघको अन्तिम हप्ता फिल्मको प्रिमियरको समेत तयारी गरिएको छ । फिल्म भने महाशिवरात्रीको अवसर पारेर आगामी फागुन २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने छ ।
निर्देशक सुवेदीको लेखन रहेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकीलगायतको अभिनय छ ।
फिल्मको कार्यकारी निर्माता जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्मातामा संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ रहेका छन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह–निर्मातामा छन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । तिहार अगावै फिल्मको सम्पूर्ण छायाङ्कन सकिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
-
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद सजाय
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १६ जनालाई कैद सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण