म्यानचेस्टर डर्बी : घरेलु मैदानमा युनाइटेडको लज्जास्पद हार
सोमबार, १३ कात्तिक २०८०, ०६ : २२
ओल्ड ट्राफोड । म्यानचेस्टर सिटीले चिरप्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । आइतबार भएको खेलमा सिटी ३–० गोल अन्तरले विजयी बनेको हो ।
सिटीको जीतमा अर्लिङ हालान्ड नायक बने । उनले दुई गोल गर्नुका साथै एउटा गोलको अवसर सिर्जना गरे । खेलको २६ औँ मिनेटमा हालान्डले पेनाल्टीमार्फत सिटीलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफको सुरुवातमा बर्नार्डो सिल्भाको पासमा उनले टोलीको अग्रता दोब्बर बनाए । खेलको ८० औँ मिनेटमा उनले फिल फोडेनका लागि गोलको अवसर सिर्जना गर्दै टोलीका जीत सुनिश्चित गरे ।
जीतपछि सिटीले शीर्ष स्थानमा रहेको टोटनह्याम हटस्पर्ससँगको दुरी २ अङ्कमा झारेको छ । १० खेलपछि २४ अङ्क बटुल्दै सिटी लिगको तेस्रो स्थानमा छ । १५ अङ्क रहेको युनाइटेड भने आठौँ स्थानमा सीमित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण