शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

दाङमा शौचालयबाट कैदी फरार

सोमबार, १३ कात्तिक २०८०, ११ : ०२
सोमबार, १३ कात्तिक २०८०

बुटवल । दाङमा चोरी अभियोगमा पक्राउ परेका एक कैदी फरार भएका छन् । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा नियमित स्वास्थ्य जाँचको लागि लगिएको अवस्थामा शौचालय जाने बहानामा १८ वर्षीय विवेक नेपाली  फरार भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनक मल्लले कैदी फरार भएको पुष्टि गरेका छन् ।  हिरासतमा राखिएका कैदीलाई क्षयरोगको शंका लागेपछि खकार परीक्षणका लागि प्रतिष्ठानमा लगिएको थियो । 

पाँच जना सुरक्षाकर्मी सहित अस्पताल लगिएका नेपाली भागेपछि उनको खोजी तीव्र पारिएको छ ।  उनी अहिलेसम्म फेला परेका छैनन् । प्रहरीले चोरी अभियोगमा नेपालीलाई शनिबार साँझ नियन्त्रणमा लिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप