हमास समूहको आक्रमणमा मारिएका नेपाली विद्यार्थी सबैको शव पहिचान
सोमबार, १३ कात्तिक २०८०, २१ : १६
काठमाडौँ । प्यालेस्टाइनी हमास समूहको आक्रमणबाट दक्षिणी इजरायलमा मारिएका नेपाली विद्यार्थी सबैको शव पहिचान भएको छ । तेल अभिवस्थित नेपाली राजदूतावासले सोमबार एक विज्ञप्ति जारी गरी सो आक्रमणमा मारिएका नेपाली विद्यार्थी सबैको शव पहिचान भएको जानकारी दिएको हो ।
दूतावासले निधन भएका १० विद्यार्थीमध्ये बाँकी २ जनाको शव पनि पहिचान भएको जानकारी दिएको छ । आक्रमणमा मारिएका राजेशकुमार स्वर्णकार र आनन्द शाहको शव आज पहिचान भएको हो ।
यसअघि सो आक्रमणमा निधन भएका आठ जनाको शव पहिचान भैसकेको छ । पहिचान भएका बाँकी सबै शव आवश्यक प्रक्रिया पुरा गरी यथाशीघ्र स्वदेश पठाउने व्यवस्था मिलाइने दूतावासले जनाएको छ ।
पहिचान भएका केही शव यसअघि नै नेपाल ल्याइसकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण