आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

परराष्ट्रमन्त्री साउद तथा अमेरिकी विदेशमन्त्री ब्लिन्केनबिच डिसीमा भेटवार्ता

मङ्गलबार, १४ कात्तिक २०८०, ०८ : ०९
मङ्गलबार, १४ कात्तिक २०८०

अमेरिका । परराष्ट्रमन्त्री एनपी साउदले आज वासिङ्टन, डिसी स्थित डिपार्टमेन्ट अफ स्टेट (विदेश विभाग)का अमेरिकी विदेश सचिव एन्टोनी जे ब्लिन्केनसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । उनीहरूबिच साझा हित  तथा  चासोका विषय, क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचार आदानप्रदान भएको छ ।

भेटमा दुवै पक्षले दुई देशबिचको वर्तमान अवस्थाप्रति सन्तुष्टि व्यक्त गर्दै पारस्परिक हितका क्षेत्रमा संलग्नतालाई विस्तार र प्रगाढ बनाउने प्रतिबद्धता जनाएका छन् । 

नेपाल अति कम विकसित मुलुकबाट क्रमशः वृद्धि भएको सन्दर्भमा परराष्ट्रमन्त्री साउदले अमेरिकाबाट व्यापार तथा लगानी, बजार पहुँच, कृषिको विकास, खाद्य सुरक्षा, विकास लगायत सूचना प्रविधि (आईटी) क्षेत्र र नयाँ प्रविधिका क्षेत्रमा थप सहयोग गर्न आह्वान गरे ।

परराष्ट्रमन्त्री साउदले नेपालका लागि नयाँ निर्यातयोग्य वस्तुहरू थपेर नेपाल व्यापार प्राथमिकता कार्यक्रम र जिएसपी सुविधाहरूको पुनः इजाजत र विस्तारका लागि संयुक्त राज्य अमेरिकालाई अनुरोध गरे ।

मन्त्री साउदले युएसएआईडी र मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)मार्फत हालै अमेरिकी सहयोग लगायत नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गरेकोमा अमेरिकी सरकारलाई धन्यवाद दिए । दुवै पक्षले एमसीसी अन्तर्गतका परियोजनाहरूको पारस्परिक रूपमा कार्यान्वयनको महत्त्वमा जोड दिएका थिए । 

प्रजातान्त्रिक शासनको सुदृढीकरणमा नेपालले गरेको प्रगतिको प्रशंसा गर्दै   ब्लिन्केनले अमेरिकी सरकार नेपाललाई बलियो र समृद्ध लोकतन्त्रको रूपमा हेर्न चाहेको बताए । विदेश सचिव ब्लिन्केनले परराष्ट्रमन्त्रीलाई नेपालको विकास प्रयासमा अमेरिकाले सहयोग जारी राख्ने आश्वासन दिए।

मन्त्री साउदले सचिव ब्लिनकेनलाई उपयुक्त समयमा नेपाल भ्रमणको निमन्त्रणा पनि दिएका छन् । बैठकमा परराष्ट्रमन्त्रीले परराष्ट्र मन्त्रालयको अतिथि पुस्तकमा हस्ताक्षर गरे ।

द्विपक्षीय भेटमा मन्त्री साउदका साथमा राजदूत श्रीधर खत्रीको साथमा दूतावासका अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो  भने सचिव ब्लिन्केनका साथ सहायक सचिव डोनाल्ड लु, राजदूत डीन थम्पसन र राज्य विभागका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

लगत्तै साँझ राजदूत श्रीधर खत्रीलेले परराष्ट्रमन्त्रीको सम्मानमा उनको निवासमा ‘व्हाइट हाउस, विदेश विभाग , युएसएआइडी र एमसीसीलगायतका अमेरिकी निकायका वरिष्ठ अधिकारीहरुको उपस्थितिमा स्वागत समारोह आयोजना गरेका थिए । 

SAUD 123SACMBI

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप