बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फेसबुक र इन्ष्टाग्रामले ईयूमा सुरु गरे पेड सब्सक्रिप्शन

मङ्गलबार, १४ कात्तिक २०८०, १२ : ०९
मङ्गलबार, १४ कात्तिक २०८०

ब्रसेल्स । अमेरिकी प्रविधि कम्पनी मेटाको स्वामित्वमा रहेका सामाजिक सञ्जालहरू फेसबुक र इन्ष्टाग्रामले युरोपमा पेड सब्सक्रिप्शन सेवा सुरु गरेका छन् । युरोपका अधिकांश क्षेत्रमा प्रयोगकर्ताहरूले मासिक ९ युरो ९९ सेन्ट तिरेर विज्ञापन नआउने सब्सक्रिप्शन किन्न सक्नेछन् ।

जनवरीमा विज्ञापनसम्बन्धी ईयूको डेटा कानुन तोडेको मामिलामा मेटालाई ३९ करोड युरो जरिवाना तिराइएको थियो । आफ्नो डेटा कसरी प्रयोग हुन्छ त्यो स्वीकार गर्न होइन भने सामाजिक सञ्जालबाट बाहिरिऊ भन्दै कम्पनीले प्रयोगकर्ताहरूलाई जर्बजस्ती राजी गराउन नसक्ने त्यति बेला नै नियामकले भनेको थियो । नयाँ सब्सक्रिप्शन नोभेम्बरदेखि ईयू, युरोपेली आर्थिक क्षेत्र र स्वीटजरल्यान्डका प्रयोगकर्ताहरूलाई उपलब्ध हुनेछ ।

युरोपका प्रयोगकर्तासँग अब कम्पनीले निःशुल्क फेसबुक र इन्ष्टाग्राम चलाएर आफ्नो डेटा संकलन गर्न दिने वा पेड सब्सक्रिप्शन लिएर लक्षित विज्ञापनहरूको निशाना नबन्ने दुई ओटा विकल्प हुने कम्पनीले बताएको छ । सुरुमा यो सेवामा १८ वर्ष वा सो भन्दा बढी उमेरका प्रयोगकर्ताले मात्रै पहुँच पाउनेछन् । नयाँ सब्सक्रिप्शन आफूले पैसा कमाउन भन्दा पनि ईयूको चिन्ता सम्बोधन गर्न ल्याएको मेटाले बताएको छ ।

सन् २०२४ देखि प्रयोगकर्ताहरूले फेसबुक र इन्ष्टाग्राममा हुने प्रत्येक अतिरिक्त खाताको लागि थप पैसा तिर्नु पर्नेछ । माइक्रोब्लगिङ वेबसाइट एक्सका मालिक एलन मस्कले मासिक १६ पाउन्ड स्टर्लिङमा एड–रहित प्रिमियम प्लस सेवा ल्याएका थिए । एक्सले सस्तो खालको एडरहित पेड सब्सक्रिप्शन पनि ल्याएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप