मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
परम्परा

अमेरिकामा नेपालीसमेतले  यसरी मनाए हालोविन पर्व

बुधबार, १५ कात्तिक २०८०, ०८ : ०४
बुधबार, १५ कात्तिक २०८०

अमेरिका । प्रत्येक वर्षको अक्टोबर ३१ तारिखमा पर्ने हालोविन पर्व–२०२३ हर्षोल्लासका साथ नेपाली समुदायले पनि मनाएका छन् ।

अमेरिकामा विभिन्न राज्यमा समय फरक भएको कारण यो पर्व मनाउने क्रम जारी रहेको छ । हालै महान् चाड बडा दसैँ मनाएका नेपाली समुदायले नजिकै आउँदै गरेको तिहार अगाडि हालोविन पर्वलाई  स्वागत गर्दै अमेरिकामा जन्मेका दोस्रो पुस्ता तथा छोराछोरीको साथमा  हालोविन पर्व मनाएका छन् ।

आफ्नो चाड पर्व साथै अमेरिकामा मनाइने इसाई पर्व (क्रिसमस) थाङ्क्स गिभिङ्ग (धन्यवाद दिवस)सहित हालोविन पर्वलाई अमेरिकामा रहेका नेपाली समुदायले मनाउन सुरु गरेका हुन् ।

नेपालीहरूले तिहारमा देउसी भैलो खेले झैँ अमेरिकाका बालबालिकाहरूले ट्रिक अर ट्रीटिंग अर्थात छल या व्यवहार गर भन्दै हालोविन पर्व मनाउने गर्छन् ।  यसरी विदेशीहरूले खेले झैँ नेपाली बालबालिका किशोर किशोरीहरुले समेत आफ्ना छर छिमेक र नजिक पर्ने ठाउँमा हालोविन पर्व हर्षोल्लासका साथ मनाएका छन् ।

विभिन्न भूतप्रेतको आकृतिमा विभिन्न रङ्गका पोसाकमा आएका बालबालिकाले आफूले ल्याएको झोलामा चकलेट माग्ने र घरधनीले  विभिन्न प्रकारका चकलेट बाँडेर यो पर्व मनाइन्छ । हालोविन खेल्न आउनेलाई पैसा या दक्षिणा दिनु पर्दैन ।

बालबालिका तथा किशोर किशोरीले चकलेट मात्र माग्ने गर्छन् । यसरी बालबालिका खेल्न जाँदा उनीहरूको सुरक्षा तथा मार्ग दर्शन गर्न उनीहरूको साथमा अभिभावक पनि साथमा जाने चलन छ ।

halloween 5

 घरबेटीले अन्य खाने कुराहरू दिनु पर्दैन । नेपालको तिहारको समय र हालोविनको समय कहिलेकाही एक दुई दिनको फरकमा पर्न जान्छ । बालबालिकाले पहेँला ,निला ,काला ,सेता वस्त्र ,भूतप्रेत झैँ, होलिका , मुकुन्डो, नकाब, भोजमा लगाइने विशेष पोसाकमा घर ,बजार तथा ठुला ठुला विशाल बजारमा गएर मिठाई मागी मनोरञ्जन गर्दछन् ।

हालोविन के हो ?  किन मनाइन्छ ?

 हालोविन वा ह्यालविन (अल ह्यालज् इभिनिङ)को छोटकरी रूप हो । विश्वका धेरै मुलुकहरूमा प्रत्येक वर्ष अक्टोबर ३१ मा यो पर्व मनाइने गरिन्छ। हालोविन इसाईहरूको एक चाड हो। यो चाड इसाई धर्ममा ज्यादा प्रचलित छ।

गर्मीलाई बिदाइ गर्न यो चाड मनाइन्छ। यो चाड पश्चिमा देशहरू संयुक्त राज्य अमेरिका, क्यानडा, स्कटल्यान्ड, न्युजिल्यान्ड आयरल्यान्ड, संयुक्त अधिराज्य, जर्मनी जस्ता देशमा बढी मात्रामा मनाइन्छ। पछिल्लो समय यी बाहेक अन्य देशमा पनि यो पर्व मनाउने प्रचलन बढेको छ ।

halloween 6

यो चाड मनाउने देशको सङ्ख्या बढ्दो छ। आइरिस् (आयरल्यान्डका बासिन्दा) र स्कटिस् (स्कटल्यान्डका बासिन्दा)ले यो चाड उत्तर अमेरिकामा ल्याएका हुन्।

हालोविन शब्दको प्रयोग पहिलो पटक सोह्रौँ शताब्दीमा प्रयोग गरिएको बताइनछ ।   स्कट ल्याण्डमा All-Hallows’-Even को अर्थ हेलोविन रात्रि भन्दा अगाडी हो । यो आत्मा दिवसको पूर्व सन्ध्या हो भने सन्न्यासी दिवसको नामले पनि जानिन्छ ।

इसाई दिवस (क्रिसमस) र धन्यवाद दिवस (थाङ्क्स गिभिङ्ग) पछिको सबै भन्दा खर्चिलो पर्वमा हालोविन पर्दछ । एक आँकडा अनुसार एक व्यक्तिले कम्तीमा औसतमा १ सय डलर हालोविनमा खर्च गर्ने गर्छन्। हालोविनमा घर बाहिर, भित्र सजावट , बालबालिकालाई लुगा कपडाको साथै अभिभावकहरू पनि सजावटको साथमा हिँड्न थालेका छन् ।

हालोविन खेल्दा १२ वर्ष मुनिका बालबालिकाले अनिवार्य रूपमा अभिभावक साथमा लिएर हिँड्ने गर्छन् ।  

haloween 3halloween 7hallo1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप