शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मतदाता शिक्षाको विषय विद्यालयको पाठ्यक्रममा राखौँ : सांसद बडू

बुधबार, १५ कात्तिक २०८०, १५ : ३८
बुधबार, १५ कात्तिक २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले मतदाता शिक्षाको विषयलाई विद्यालयको पाठ्यक्रममा राख्न प्रस्ताव गरेका छन् ।  

बुधबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले मतदाता शिक्षाको विषय विद्यालयको पाठ्यक्रममा राख्नुपर्ने बताएका हुन् । उनले निर्वाचन आएपछि मात्रै मतदाता शिक्षाको सामग्रीहरु छाप्ने र शिक्षक तथा विद्यार्थीहरुमामार्फत प्रचार गराउने गरिएको भन्दै यसो गर्दा खर्चिलो हुने गरेको बताए । 

उनले विद्यालयको पाठ्यक्रममै मतदाता शिक्षाबारे राखेमा प्रभावकारी हुने र खर्चलाई मितव्ययी बनाउन सकिने बताए ।

त्यसैगरी निर्वाचन प्रणालीलाई मितव्ययी बनाउनका लागि प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचन एकैसाथ गर्ने कानुनी व्यवस्था गर्नुपर्ने उनले बताए । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप