कांग्रेससँग मिलेर जनताको काम गर्न सम्भव छैन : बराल
बुधबार, १५ कात्तिक २०८०, २१ : ५५
बुटवल । नेकपा (माओवादी केन्द्र) का नेता सुदर्शन बरालले दलाल पुँजीपति वर्गको नेतृत्व गर्ने पार्टीसँग गठबन्धन बनाएका कारण सरकारलाई आधारभूत जनताको काम गर्न कठिन भइरहेको बताएका छन् ।
जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तरगत बुधवार लुम्बिनीमा भएको प्रशिक्षण कार्यक्रममा लुम्बिनी प्रदेश अध्यक्ष समेत रहेका नेता बरालले यस्तो बताएका हुन् ।
उनले विशेष राजनीतिक परिस्थितिका कारण दर्शन ,बिचार र राजनीति नै फरक परेका दलहरूसँग समेत गठबन्धन गर्नुपरेका कारण सरकारलाई अधिकतम जन पक्षीय बनाउन कठिनाइ परिरहेको बताए ।
नेता बरालले भने, ‘कांग्रेस दलाल पुँजीपति वर्गको पार्टी भएकोले पूर्ण रुपमा आधारभूत जनताको काम गर्न सम्भव छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण