आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कांग्रेससँग मिलेर जनताको काम गर्न सम्भव छैन : बराल

बुधबार, १५ कात्तिक २०८०, २१ : ५५
बुधबार, १५ कात्तिक २०८०

बुटवल । नेकपा (माओवादी केन्द्र) का नेता सुदर्शन बरालले दलाल पुँजीपति वर्गको नेतृत्व गर्ने पार्टीसँग गठबन्धन बनाएका कारण सरकारलाई आधारभूत जनताको काम गर्न कठिन भइरहेको बताएका छन् ।

जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तरगत बुधवार लुम्बिनीमा भएको प्रशिक्षण कार्यक्रममा  लुम्बिनी प्रदेश अध्यक्ष समेत रहेका नेता बरालले यस्तो बताएका हुन् ।

उनले विशेष राजनीतिक परिस्थितिका कारण  दर्शन ,बिचार  र राजनीति नै फरक परेका दलहरूसँग समेत गठबन्धन गर्नुपरेका कारण सरकारलाई अधिकतम जन पक्षीय बनाउन कठिनाइ परिरहेको बताए ।

नेता बरालले भने, ‘कांग्रेस दलाल पुँजीपति वर्गको पार्टी भएकोले पूर्ण रुपमा आधारभूत जनताको काम गर्न सम्भव छैन ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप