टी—२० विश्वकप छनोट : सेमिफाइनलमा ओमानको प्रतिद्वन्द्वी बहराइन
काठमाडौँ । टी—२० विश्वकप छनोट प्रतियोगिताको सेमिफाइनलमा ओमानले बहराइनलाई प्रतिद्वन्द्वीका रुपमा पाएको छ । बहराइन समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । समूहगत चरणको आफ्नो अन्तिम खेलमा बिहीबार कुवेतसँग चार विकेटले पराजित भए पनि बहराइन सेमिफाइनलमा पुग्न सफल भएको हो ।
समूहगत चरणको खेलको समाप्तिपछि समूह ‘बी’ मा ६ अंकसहित संयुक्त अरब इमिरेट्स (यूएई) पहिलो भयो । यूएईले समूह ‘ए’ को उपविजेता नेपालसँग शुक्रबार सेमिफाइनल खेल्नेछ । नेपाल र यूएईबिचको खेल मुलपानी क्रिकेट मैदानमा खेलिने छ ।
समूह ‘बी’ मा दुई—दुई अंकसहित बहराइन दोस्रो, हङ्कङ तेस्रो र कुवेत चौथो भए । तर, नेट रन रेटमा हङ्कङ र कुवेतभन्दा बहराइन अगाडि रह्यो । ओमान समूह ‘ए’ को विजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । ओमान र बहराइनबिचको सेमिफाइनल खेल कीर्तिपुर क्रिकेट स्टेडियममा खेलिने छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण