आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

दिवा खाजा कार्यक्रमको बजेट सुनिश्चित गर्न सरकारसँग सिजपको माग

बिहीबार, १६ कात्तिक २०८०, २२ : ४०
बिहीबार, १६ कात्तिक २०८०

काठमाडौँ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि सरकारले सञ्चालन गरेको ‘दिवा खाजा कार्यक्रम’ कक्षा ६ सम्म विस्तार गर्न सरकारलाई बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले माग गरेको छ ।

आज विज्ञप्तिमार्फत कक्षा ६ मा अध्ययनरत सामुदायिक विद्यालयका चार लाख ३४ हजार विद्यार्थीलाई दिवा खाजा कार्यक्रमको लागि बजेट सुनिश्चित गरिदिन सिजपले सरकारसँग अनुरोध गरेको हो ।  

आव २०७९/८० देखि दिवा खाजा कार्यक्रमको लागि अर्थ मन्त्रालयले बजेट उपलब्ध नगराउँदा कक्षा ६ मा अध्ययनरत सामुदायिक विद्यालयका विद्यार्थी दिवा खाजा कार्यक्रमबाट बञ्चित भएका छन् । त्यसैले पुनः दिवा खाजा कार्यक्रम

सञ्चालन गरी वञ्चित बालबालिकाको पोषणको सुनिश्चितताका साथै बालबालिकाको सिकाइलाई अप्ठ्यारो सृजना हुनबाट जोगाउन चाँडै बजेट विनियोजनका लागि नेपाल सरकार, अर्थ मन्त्रालयसँग सिजपले माग गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप