दिवा खाजा कार्यक्रमको बजेट सुनिश्चित गर्न सरकारसँग सिजपको माग
काठमाडौँ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि सरकारले सञ्चालन गरेको ‘दिवा खाजा कार्यक्रम’ कक्षा ६ सम्म विस्तार गर्न सरकारलाई बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले माग गरेको छ ।
आज विज्ञप्तिमार्फत कक्षा ६ मा अध्ययनरत सामुदायिक विद्यालयका चार लाख ३४ हजार विद्यार्थीलाई दिवा खाजा कार्यक्रमको लागि बजेट सुनिश्चित गरिदिन सिजपले सरकारसँग अनुरोध गरेको हो ।
आव २०७९/८० देखि दिवा खाजा कार्यक्रमको लागि अर्थ मन्त्रालयले बजेट उपलब्ध नगराउँदा कक्षा ६ मा अध्ययनरत सामुदायिक विद्यालयका विद्यार्थी दिवा खाजा कार्यक्रमबाट बञ्चित भएका छन् । त्यसैले पुनः दिवा खाजा कार्यक्रम
सञ्चालन गरी वञ्चित बालबालिकाको पोषणको सुनिश्चितताका साथै बालबालिकाको सिकाइलाई अप्ठ्यारो सृजना हुनबाट जोगाउन चाँडै बजेट विनियोजनका लागि नेपाल सरकार, अर्थ मन्त्रालयसँग सिजपले माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण