नेपाललाई सघाउने विकास साझेदारको प्रतिबद्धता
काठमाडौँ । नेपालको विकासमा सक्रिय १६ विकास साझेदारले यहाँको सामाजिक–आर्थिक उन्नयनमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) बमोजिम उच्च प्राथमिकता प्राप्त लगानी र नीतिहरूको कार्यान्वयनमा नेपाललाई सहयोग गर्नका लागि वित्तीय तथा प्राविधिक सहायता एकीकृत एवं विस्तार गर्न विकास साझेदारहरू सहमत भएका छन् ।
विश्व बैंक र अन्य विकास साझेदारहरूको सहकार्यमा अर्थ मन्त्रालयद्वारा बिहीबार आयोजित उच्चस्तरीय कार्यक्रममा नेपालको ग्रिड रणनीतिक कार्ययोजना कार्यान्वयन गर्ने सम्बन्धमा एक संयुक्त वक्तव्यलाई अनुमोदन गरिएको छ । सरकार, विकास साझेदार, नागरिक समाज सङ्गठन, निजी क्षेत्रका सरोकारवाला र प्रबुद्ध वर्गहरूले समेत नेपालका ग्रिड प्राथमिकताहरूमा हुने वित्तीय लगानी र कार्यान्वयनलाई निरन्तरता दिन संस्थागत एवं क्षेत्रगत तहमा रहेर काम गर्ने पुनः प्रतिबद्धता व्यक्त गरेका हुन् ।
“नेपालमा हामीले आपतहरू सहन सक्ने, हाम्रो वातावरणको संरक्षण गर्ने र हाम्रा जनताको जीवनस्तर उकास्न सक्ने हरित, थप उत्थानशील र थप समावेशी अर्थतन्त्र निर्माण गर्ने दृष्टिकोणका रूपमा ग्रिडको अवधारणालाई मनन गरेका छौँ”, अर्थमन्त्री डा.प्रकाशशरण महतले भने, “विकास र रोजगारी सृजनालाई गति दिन, जीविकोपार्जनलाई बलियो बनाउन र दिगो रूपमा नेपाली जनताको समृद्धिलाई बढावा दिन नयाँ ग्रिड रणनीतिक कार्य योजना एक नीतिगत माध्यम हुन सक्छ ।”
ग्रिड रणनीतिक कार्ययोजनाका लागि प्राप्त हुने बाह्य लगानीअन्तर्गत अनुदान र अन्य सहूलियतपूर्ण वित्तीय लगानीहरू जस्तै सहूलियतपूर्ण ऋण, र कार्बन वित्तजस्ता नवीनम वित्तीय लगानी रहेका छन् । बाह्य वित्तीय लगानी नेपालको सार्वजनिक बजेटको पूरकका रूपमा रहनेछ र यसले विदेशी र स्वदेशी निजी क्षेत्रको लगानीलाई समेत लाभान्वित गराउने लक्ष्य लिएको छ ।
ग्रिड रणनीतिक कार्ययोजनाले १० वटा प्राथमिकताप्राप्त कार्यहरू पहिचान गरेको छ । यसमा थप उत्थानशील पूर्वाधार, परिस्थितिकी प्रणाली, र खाद्य प्रणालीका लागि भूमि, जल र वनलाई अझ बढी उत्पानदशील, दिगो र एकीकृत रूपमा व्यवस्थापन गर्ने लक्ष्य लिइएको छ ।
सहरी विकासलाई हरित बनाउने, खानेपानी र सरसफाई विस्तार गर्ने, वायु प्रदूषण न्यूनीकरण र फोहोरमैला व्यवस्थापन गर्ने, नवीकरणीय ऊर्जालाई बढावा दिने, यातायातको दिगोपना र उत्थानशीलता अभिवृद्धि गर्ने विपद् जोखिम व्यवस्थापनलाई सुदृढ बनाउने र आघातप्रति थप उत्तरदायी बनाउन सामाजिक सुरक्षा एवं स्वास्थ्य प्रणाली अभिवृद्धि गर्ने विषयहरू समावेश छन् ।
विश्व बैंककी कार्यसञ्चालन प्रबन्ध निर्देशक अन्ना जेर्डले दिगो, उत्थानशील र समावेशी अर्थतन्त्रतर्फ रणनीतिक कदम चाल्न सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण