एआईले जागिर नै नचाहिने स्थिति बनाउँछ : मस्क
लन्डन । अहिले सारा विश्व कृत्रिम बौद्धिकता अर्थात् एआईले मानव जगतमा निम्त्याउने खतराबारे चिन्तित छ । आगामी केही वर्षमै यसले विश्वभरबाट करोडौं जागिर खाइदिँदैछ । यसको प्रयोगले मानव सभ्यता नै मेटिन सक्ने चिन्ता विज्ञहरुले व्यक्त गरिरहेका छन् ।
अमेरिकी खर्बपति व्यापारी एलन मस्कका अनुसार एआईले सबैको जागिर खाइदिनेछ । लन्डनमा एआई सम्मेलनमा बोल्ने क्रममा टेस्ला, स्पेश एक्स, एक्स र एआई स्टार्ट अप एक्सआईका हाकिम मस्कले यस्तो बताएका हुन् । उनका अनुसार एआई इतिहासकै सर्वाधिक विध्वंसकारी शक्ति बन्ने सम्भावना छ । पहिलो पटक बुद्धिमान मान्छे भन्दा पनि बुद्धिमान चिज मानिससँग हुने बेलायत ल्यानकाष्टर हाउसमा आयोजित सो सम्मेलनमा मस्कले भने ।
स्थिति कस्तो होला भनेर ठ्याक्कै बताउन मुश्किल भएपनि जागिरै नचाहिने स्थिति आउने बेलायती प्रधानमन्त्री ऋषी सुनाकसँगको अन्तरवार्तामा मस्कले भनेका छन् । ‘व्यक्तिगत सन्तुष्टिका लागि तपाई जागिर खान सक्नु हुन्छ । तर एआईले सबै काम गर्न सक्षम हुनेछ,’ उनले भने । यो स्थिति मान्छेका लागि सहज वा अप्ठ्यारो के होला भनेर आफूलाई थाहा नभएको पनि मस्कले बताए । उनको यो कुरा सुनेर अन्तरवार्ता सुनिरहेका दर्शकहरु गलल्ल हाँसेका थिए ।
एआईलाई मस्कले मानिसका हरेक राम्रा नराम्रा इच्छा पूरा गरिदिने चमत्कारी जिनीसँग तुलना गरेका थिए । के कुरामा जीवनको अर्थ खोज्ने भन्ने भविष्यमा मान्छेको चुनौती हुने पनि उनले बताए । मस्कले बारम्बार एआईले मानव सम्भयतामा निम्त्याउन सक्ने खतराबारे चेतावनी दिएका छन् । मस्कले एक पटक एआई मानव जगतका लागि परमाणु हतियार भन्दा पनि खतरनाक हुन सक्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण