नुवाकोटमा ५४ जनाद्वारा रक्तदान
नुवाकोट । ‘यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्ट’को आयोजनामा शुक्रबार नुवाकोटको विदुरमा रक्तदानका साथै चियापान कार्यक्रम सम्पन्न गरिएको छ ।
सो कार्यक्रममा ५४ जना रक्तदाताहरूले रक्तदान गरेका छन् । यस्तै चियापानमा स्थानीय विभिन्न दलका नेता कार्यकर्ताका साथसाथै शुभेच्छुक र सरोकारवाला निकायका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
ट्रस्ट नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी, केदारनरसिंह केसी, जगदीश्वरनरसिंह र परिवारले स्थापना गरेको सामाजिक संस्था भएको बताइएको छ ।
राजनीतिक आग्रह, दायरा र होडबाजीबाट मुक्त रहेर सामाजिक सेवा, खासगरी विपन्न, असहायलाई सहयोग गर्ने उद्देश्यले ट्रस्ट १५ वर्षअघि स्थापना भएको नेता जगदीश्वरनरसिंह केसीको भनाइ छ ।
ट्रस्टले हालसम्म विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय संस्थासँगको समन्वयमा स्वास्थ्य र शिक्षा क्षेत्रमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दैआएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण