शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नुवाकोटमा ५४ जनाद्वारा रक्तदान

शुक्रबार, १७ कात्तिक २०८०, १९ : २२
शुक्रबार, १७ कात्तिक २०८०

नुवाकोट ।  ‘यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्ट’को आयोजनामा शुक्रबार नुवाकोटको विदुरमा रक्तदानका साथै चियापान कार्यक्रम सम्पन्न गरिएको छ । 

सो कार्यक्रममा ५४ जना रक्तदाताहरूले रक्तदान गरेका छन् । यस्तै चियापानमा स्थानीय विभिन्न दलका नेता कार्यकर्ताका साथसाथै शुभेच्छुक र सरोकारवाला निकायका प्रतिनिधिको उपस्थिति रहेको थियो । 

ट्रस्ट नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी, केदारनरसिंह केसी, जगदीश्वरनरसिंह र परिवारले स्थापना गरेको सामाजिक संस्था भएको बताइएको छ । 

राजनीतिक आग्रह, दायरा र होडबाजीबाट मुक्त रहेर सामाजिक सेवा, खासगरी विपन्न, असहायलाई सहयोग गर्ने उद्देश्यले ट्रस्ट १५ वर्षअघि स्थापना भएको नेता जगदीश्वरनरसिंह केसीको भनाइ छ । 

ट्रस्टले हालसम्म विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय संस्थासँगको समन्वयमा स्वास्थ्य र शिक्षा क्षेत्रमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दैआएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप