शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

शुक्रबार, १७ कात्तिक २०८०, २० : २४
शुक्रबार, १७ कात्तिक २०८०

काठमाडौँ । बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बर्दियामा शुक्रबार पाटे बाघले आक्रमणबाट गायत्री डाँगीको मृत्यु भएको हो ।   

जिल्लाको मधुवन नगरपालिका–५, स्थित चिरौटे सामुदायिक वनमा बाख्रा चराउन र घाँस दाउरा लिन गएको अवस्थामा बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।  

बाघले आक्रमण गरेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सानोश्री बर्दियाको टोलीले खोजतलास गर्ने क्रममा डाँगी मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप