प्रदेश प्रमुख परियारद्वारा भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त
सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले जाजरकोटमा गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवार र आफन्तजनहरूमा समवेदना प्रकट गरेका छन् । प्रमुख परियारले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।
जाजरकोटको बारेकोट गाउँपालिकाको रामिडाँडा केन्द्रबिन्दु भई शुक्रबार राति ११.४७ बजे गएको ६.४ म्याग्निच्युटको भूकम्पबाट भएको ठुलो सङ्ख्यामा मानवीय र भौतिक क्षतिले मर्माहत बनाएको उनको भनाई छ । ‘उद्धार र उपचारमा खट्ने तीनवटै सुरक्षा निकाय र स्वास्थ्यकर्मीहरू सक्रियताका साथ खट्नु भएकोमा धन्यवाद छ, प्रमुख परियारले भनेका छन्, ‘सङ्घीय सरकारका सम्माननीय प्रधानमन्त्री, उर्जामन्त्री, पूर्व अर्थमन्त्री र प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, सांसदहरू र स्थानीय सरकारका जनप्रतिनिधिहरूले समयमै घटनास्थलको अवलोकन तथा उद्धारमा सहयोग गर्नुभएकोमा आभार सहित धन्यवाद व्यक्त गर्दछु । यथाशीघ्र क्षतिपूर्ति,राहत र उपचार गर्न पहलका लागी पनि हार्दिक अपिल गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण