सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

जुवातास खेलिरहेका सात जना पक्राउ

शनिबार, १८ कात्तिक २०८०, २१ : १७
शनिबार, १८ कात्तिक २०८०

कैलाली । कैलालीमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । टिकापुर नगरपालिका-२ विकासपुर बस्ने विकास बुढाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय अर्जुन खत्री लगायत ७ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २४ हजार २५ रुपैयाँ र ३ गड्डी ताससहित पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप