लघुकथा : जालीदार पोशाक
आइतबार, १९ कात्तिक २०८०, ११ : ५३
सलिना एकाविहानै लडिबुडी गर्न थाली । अभिभावकलाई पर्नु पीर पर्यो । सबै जना अत्तालिए । एउटी छोरी । ममताले भरियो ।
‘गाउँमा हजुरबा हजुरआमाले नछुनी हुँदा पर सुताउनु भयो रे ।’ सखी बोली ।
फोन गरेर सोधीखोजी भयो । राती दुई दुईवटा ब्लान्केट ओढेको थाहा भयो । रोग पत्ता लगाउन तुरुन्त अस्पताल लगियो । लामो चेक जाँच गरेपछि डाक्टरले छोरीको नाइटोमा मसार्यो ।
अभिभावक दम्पत्तिलाई रिस उठ्यो । उनीहरुले भने, ‘ए डाक्टर, हाम्रै अगाडि हाम्री छोरीको नाइटोमा मुसार्न अलिकति लाज सरम लाग्दैन ?
डाक्टर मुसु मुसु हाँसे । उनले भने, ‘जाली र टालो भिरेर छोरीहरु घरबाहिर निस्केपछि अरुको नजरमा त पक्कै पर्छन् । तर, त्यसले न त अस्तित्व छेक्छ । झन् चिसो त छेक्दै छेक्दैन ।’
हेलम्बु–६, सिन्धुपाल्चोक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण