शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

उद्धार, राहत र पुनर्निर्माणमा सहभागी हुन शर्माको अपिल

आइतबार, १९ कात्तिक २०८०, १५ : ४०
आइतबार, १९ कात्तिक २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले भूकम्पपछिको उद्धार, राहत र पुनर्निर्माणमा आ–आफ्नो स्थान र क्षमता अनुसार सहभागी हुन अपिल गरेका छन् । 

आइतबार एक विज्ञप्ति जारी गर्दै शर्माले विपत्तिको घडीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफै उद्धार र राहत कार्यमा तत्काल अग्रसर भएको भन्दै संगठनको तर्फबाट प्रशंसा पनि गरेका छन् । 

‘सरकारका सबै निकायहरुलाई उद्धार, राहत र पुनर्निर्माणमा यथासक्य छिटो खट्न हार्दिक अनुरोध गर्दै उद्धार, राहत र पुनर्निर्माणमा आ–आफ्नो स्थान र क्षमता अनुसार सहभागी हुन अखिल भारत नेपाली एकता मञ्च, जनप्रगतिशिल मञ्च अन्तरर्गत विश्वभरी रहेका हाम्रा सबै सदस्य तथा शुभचिन्तकहरुमा हार्दिक अपील गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ । 

शुक्रबार राति जाजरकोटको रामीडाँडामा केन्द्रबिन्दु भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट, रुकुम पश्चिमलगायतको जिल्ला धनजनको क्षति भएको छ । 

समितिले उक्त भूकम्पमा परेर ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । 

396198379_1135373474101932_2291441672104814889_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप