उद्धार, राहत र पुनर्निर्माणमा सहभागी हुन शर्माको अपिल
काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले भूकम्पपछिको उद्धार, राहत र पुनर्निर्माणमा आ–आफ्नो स्थान र क्षमता अनुसार सहभागी हुन अपिल गरेका छन् ।
आइतबार एक विज्ञप्ति जारी गर्दै शर्माले विपत्तिको घडीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफै उद्धार र राहत कार्यमा तत्काल अग्रसर भएको भन्दै संगठनको तर्फबाट प्रशंसा पनि गरेका छन् ।
‘सरकारका सबै निकायहरुलाई उद्धार, राहत र पुनर्निर्माणमा यथासक्य छिटो खट्न हार्दिक अनुरोध गर्दै उद्धार, राहत र पुनर्निर्माणमा आ–आफ्नो स्थान र क्षमता अनुसार सहभागी हुन अखिल भारत नेपाली एकता मञ्च, जनप्रगतिशिल मञ्च अन्तरर्गत विश्वभरी रहेका हाम्रा सबै सदस्य तथा शुभचिन्तकहरुमा हार्दिक अपील गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।
शुक्रबार राति जाजरकोटको रामीडाँडामा केन्द्रबिन्दु भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट, रुकुम पश्चिमलगायतको जिल्ला धनजनको क्षति भएको छ ।
समितिले उक्त भूकम्पमा परेर ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण