शीर्ष स्थानमा उक्लिने अवसर गुमायो रियलले
स्यान्टियागो बर्नेबेउ । आफ्नो घरेलु मैदानमा रायो भायोकानोसँग गोलरहित बराबरीमा रोकिँदै रियल मड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।
बराबरीपछि रियल अङ्क तालिकाको दोस्रो स्थानमा सीमित बनेको हो । १२ खेलबाट रियलको २९ अङ्क रहेको छ । शीर्ष स्थानमा रहेको जिरोनाको ३१ अङ्क छ । जिरोनाले शनिबार ओसासुनालाई ४–२ गोलले हराएको थियो ।
रियलका लागि भाल्भर्डे, जोसेलु, जुड बेलिङह्याम र भिनिसि जुनियरले गोलको अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन् । कार्लो एन्चेलोटीको टोलीले विपक्षीको पोस्टमा २२ वटा प्रहार गर्ने पनि गोल भने गर्न सकेनन् ।
रियलको घरेलु मैदानमा भायोकानोले अङ्क बटुलेको सन् २००० पछि पहिलोपटक हो । टोली पछिल्ला ९ खेलमा अपराजित पनि रहेको छ ।
एल क्लासिकोका हिरो खेलको बेलिङह्याम पहिलो हाफमा घाइते भएका थिए । उपचारपछि उनी मैदानमा फर्किए पनि गोल भने गर्न सकेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण