जाजरकोट भूकम्प
भूकम्पपछि जाजरकोटमा सडक अवरुद्ध, एक महिला घाइते
सोमबार, २० कात्तिक २०८०, १८ : ०६
जाजरकोट। सोमबार (केहीबेर अगाडि) गएको भूकम्पका कारण भेरी कोरिडोर सडक अवरुद्ध भएको छ। भेरी नगरपालिका–१, रिम्नामा सडक भत्किएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दियो ।
अहिले खुलाउनका लागि पहल भइरहेको जाजरकोट प्रहरीले जनाएको छ।
साथै भेरी नगरपालिका–१ कै रावत गाउँमा एक जना घाइते भएको कुरा पनि आएको प्रहरीले जनाएको छ।
प्रहरीको सञ्चार शाखाका अनुसार एक महिला भूकम्प आएको समयमा घरको दोस्रो तलाबाट हाम फाल्दा घाइते भएको सञ्चार शाखाले रातोपाटीलाई जानकारी दिएको छ । यद्यपि अन्य विवरणहरू भने आउने क्रम जारी रहेको प्रहरीको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण